ad ad

राजनीति


जनमतले उद्योग समितिको सभापतिमा अब्दुल खानलाई उम्मेदवार बनाउने

जनमतले उद्योग समितिको सभापतिमा अब्दुल खानलाई उम्मेदवार बनाउने

नेपालखबर
भदौ १०, २०८० आइतबार १२:३०, काठमाडौँ

सीके राउत नेतृत्वको जनमत पार्टीले उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

समितिको सभापतिको निर्वाचन सोमबार (११ भदौ) मा हुँदैछ। सभापति चयनको लागि आज (आइतबार) अपरान्ह ४ बजेसम्म मनोनयनको समय राखिएको छ।

प्रतिनिधिसभाका १० वटा विषयगत समितिका सभापति चयन गर्न निर्वाचन हुन लागेको हो। 

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागबन्डा अनुसार उद्योग समितिको सभापति जनमतले पाएको हो। 

सभापतिमा उम्मेदरवारी दिनको लागि समितिमा कम्तीमा ३ जना सदस्य हुनुपर्छ।

साउन २२ मा कांग्रेसले ४, एमाले ३, माओवादी केन्द्रले २, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र जनमत पार्टीले एक–एक सिटको सभापति लिनेगरी भागवण्डा गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .