राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समिति अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा गणेश पराजुलीलाई उम्मेदवार बनाएको छ।
प्रमुख सचेतक सन्तोष परियारका अनुसार उद्योगमा उम्मेदवारी दर्ता गर्ने निर्णय भएको छ।
समितिको सभापतिको निर्वाचन सोमबार (११ भदौ) मा हुँदैछ। सभापति चयनको लागि आइतबार अपरान्ह ४ बजेसम्म मनोनयनको समय राखिएको छ।
‘हामी केही समितिको सभापतिमा उम्मेदवारी दिनेबारे अहिले छलफलमा छौँ,’ परियारले नेपालखबरसँग भने, ‘उद्योगमा हाम्रो पुग्छ।’
सभापति उम्मेदरवारी दिनको लागि कम्तीमा ३ जना सदस्य भएको हुनुपर्नेछ।
साउन २२ मा कांग्रेसले ४, एमाले ३, माओवादी केन्द्रले २, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र जनमत पार्टीले एक–एक सिटको सभापति लिनेगरी भागवण्डा गरिसकेका छन्।
30
Shares
प्रतिक्रिया