ad ad

राजनीति


जसपाले केन्द्रीय नेताहरुलाई निर्वाचन क्षेत्र र पालिकाहरुमा खटाउने

जसपाले केन्द्रीय नेताहरुलाई निर्वाचन क्षेत्र र पालिकाहरुमा खटाउने

फाइल तस्बिर


नेपालखबर
भदौ ८, २०८० शुक्रबार १७:२६, काठमाडौँ

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय नेताहरुलाई निर्वाचन क्षेत्र र पालिकाहरुमा खटाउने भएको छ।

तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानमा नेताहरुलाई पालिकासम्म खटाउन लागिएको हो।

ती नेताहरुले आफ्नो जिम्मेवारीमा रहेर संगठन विस्तारका कार्यक्रमहरु सञ्चालन गर्ने भएका छन्। 

पार्टीको नयाँ विधानबारे प्रशिक्षण कार्यक्रम चलाई कार्यकर्ताहरुलाई प्रशिक्षित गरिने जसपाले जनाएको छ।

यस अवधिमा संगठनको अभिलेख संकलन र सदस्यता वितरणसमेत हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

त्यहीअनुसार पार्टीले आउँदो शनिबारदेखि नै प्रदेश तथा स्थानीय तहहरुमा प्रशिक्षण कार्यक्रम गर्दै छ। 

यसअघि अर्को सत्ता साझेदार नेकपा माओवादी केन्द्रले पनि तीन महिने अभियान घोषणा गरिसकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .