ad ad

राजनीति


सत्तारुढ विद्यार्थीहरुको चेतावनी : आइओईका प्रमुखलााई घिसारेर सडकमा ल्याउछौँ

सत्तारुढ विद्यार्थीहरुको चेतावनी : आइओईका प्रमुखलााई घिसारेर सडकमा ल्याउछौँ

नेपालखबर
भदौ ८, २०८० शुक्रबार १२:३२, काठमाडौँ

समाजवादी मोर्चाअन्तर्गतका विद्यार्थी संगठनहरुले इन्जिनियरिङको स्नातक तहमा भएको शुल्कवृद्धि खारेज नगरे कडा आन्दोलनको चेतावनी दिएका छन्। 

संवाद डबलीमा पत्रकार सम्मेलन गरेर उनीहरुले इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) लाई शुक्रबार बेलुकासम्म शूल्कवृद्धिको लागि अल्टिमेटम दिएका हुन्।

चार विद्यार्थी संगठनले संयुक्त पत्रकार सम्मेलनमा इन्जिनियरिङको स्नातक तहमा नियमिततर्फ शुल्क ३५ हजारबाट बढाएर ८२ हजार र पूर्ण शुल्कतर्फ ३ लाख ३० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्‍याइएकोमा संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएका छन्।

पत्रकार सम्मेलनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन (अनेरास्ववियु क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले वार्ताको नाटक मञ्चन गरेर भ्रममा नपार्न चेतावनी दिइन्। 

उनले विभिन्न कलेजहरुमा भइरहेको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको समेत जनाइन्।

‘वार्ताको नाटक मन्चन गरेर आन्दोलन तुहाउने दुष्प्रयत्न गरिन्छ भने यो वार्ता खारेज गरिन्छ र चारवटा विद्यार्थी संगठनको तर्फबाट निशर्त ढंगले त्यो शुल्कवृद्धि खारेज नगरेसम्म हामी वार्ताको प्रक्रियामा नजाने कुरा पनि म यो पत्रकार सम्मेलनमार्फत जानकारी गराउन चाहान्छु’, उनले भनिन्। 

नेकपा एकीकृत समाजवादीनिकट अनेराश्ववियुका अध्यक्ष सुदेश पराजुलीले आफ्नै पार्टीहरु सत्ताको नेतृत्वमा रहे पनि गलत विषयमा खरो उत्रने बताए। शुल्कवृद्धि तत्काल खारेज नभए आइएओई प्रमुखलाई गलहत्याएर सडकमा ल्याउने चेतावनी दिए।

जनता समाजवादीनिकट समाजवादी विद्यार्थी युनियन नेपालका अध्यक्ष रमेश यादवले संविधानले शिक्षा निशुल्क भने पनि शैक्षिक माफियाको अगाडि सबै निरिह हुनु दुर्भाग्य भएको बताए।

नेत्रविक्रम चन्द विप्लवनिकट अखिल (क्रान्तिकारी)का उपाध्यक्ष नरेन्द्र विश्वकर्माले दलाल र माफियाको चंगुलमा रहेको नेपाली शिक्षा क्षेत्रलाई नागरिकको पहुँचमा पुर्‍याउन जुनसुकै हदमा जाना तयार रहेको धारणा राखे।

‘नेपालको इन्जिनियरिङ शिक्षाको केन्द्रको रुपमा परिचित र आधारभुत रुपमा जनताको पहुँचमा रहेको इन्जिनियरिङ्ग अध्ययन संस्थानले आंगिक क्याम्पसहरुमा दोब्बरभन्दा बढी शुल्क अकस्मात बढाउनुले आर्थिक रुपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई इन्जिनियरिङ्ग शिक्षाबाट बञ्चित गराउने निश्चित छ’, उनले भने, ‘इन्जिनियरिङ अध्ययन संस्थानको यो रबैयाको हामी भर्त्सना गर्दछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .