ad ad

राजनीति


उजुरी दिँदै गुरुङ, पत्रकार सम्मेलन गर्दै मनाङे

उजुरी दिँदै गुरुङ, पत्रकार सम्मेलन गर्दै मनाङे

वाशुदेव मिश्र
माघ ८, २०७६ बुधबार ८:३५,

मंगलबार गण्डकी प्रदेश सदस्य राजीव गुरुङ (दीपक मनाङे) बाट कुटिएका कास्की जिल्ला फुटबल संघका कास्कीका अध्यक्ष मिलन गुरुङले मनाङेविरुद्ध प्रहरीमा उजुरी दिँदैछन्।

उजुरी दिनकै लागि उनी अहिले जिल्ल्ला प्रहरी कार्यालय कास्की पुगेका छन्। अब केही बेरमा उजुरी दर्ता हुने उनले जनाए।

लेखनाथको भण्डारढीकस्थित खेल मैदानमा आयोजित गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उदघाटन समारोहमै सदस्य गुरुङले एन्फा कास्की अध्यक्ष गुरुङमाथि हातपात गरेका थिए।

अध्यक्ष गुरुङले नेपालखबरसँग कुरा गर्दै आफूमाथि भएको हातपातको कानूनी बाटो रोजेको बताउँदै भने, ‘सार्वजनिक ठाँउमा गाली गलौज गरे। मुक्का प्रहार भयो। मैले मेरो जिउज्यानको सुरक्षाको लागि निवेदन दिन लागेको हुँ।’

उनले आफूले दुःख गरेर काम गरेको र केही कमजोरी भए सम्झाउनुपर्नेमा उल्टै हातपात गरेको बताए।

‘दुख गरेर काम गरेको छु। कहिलो राम्रो भयो होला, कहिले कमजोर रह्यो होला’, उनले भने, ‘सम्झाउनुपर्ने ठाँउमा उल्टै मुक्का प्रहार गर्नुभयो।’

पोखरामा पहिलो पटक मुख्यमन्त्री कप आयोजना गरिएको र मनाङेले कार्यक्रमकै विषयलाई लिएर सार्वजनिक ठाउँमा गाली गलौज गर्दै मुक्का हान्दा आफूले भने संयमता अपनाएको दावी गरे। ‘मैले संयमता अपनाए । प्रदेश सदस्यको हैसियतलाई मर्यादा गरेँ’, उनले भने। उनले गण्डकी प्रदेशको इज्जत जोगाउन आफू संयम बनेको जिकिर गरे।

‘मंगलबार दिउँसो १ बजे फुटबलको ओपनिङ थियो। कार्यक्रम केही ढिलो भएको थियो। उहाँ (राजीव) केही तनावमा हुनुहुन्थ्यो। मनाङबाट आएको टोलीलाई होटल, ग्राउण्ड नमिलाई दिने भन्दै कराउनुभयो। फुटबलमा डे आफ्टर-बिफोर हुन्छ। मैले त्यो बारे बुझाउन खोजे। तर, पैसा नतिर्ने भन्दै कराए। मैले सहँदै गएँ। उहाँले मुक्का हान्नुभयो’ ,गुरुङले घटनाबारे बेलिविस्तार लगाए।

यता हिजो भएको घटनाबारे जानकारी दिने भन्दै सांसद गुरुङले बुधबार दिउँसो ४ बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछ्न्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .