ad ad

राजनीति


सुन तस्करीमा उच्च तहका नेता, पूर्वआईजीपी र पत्रकार पनि जोडिएको सूचना मसँग छ : रवि लामिछाने

सुन तस्करीमा उच्च तहका नेता, पूर्वआईजीपी र पत्रकार पनि जोडिएको सूचना मसँग छ : रवि लामिछाने

फाइल तस्बिर


नेपालखबर
भदौ ६, २०८० बुधबार १७:२४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा श्रृंखलावद्ध भइरहेको सुन तस्करीमा संलग्नको सुइ उच्च नेताहरुतिर सोझ्याएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको विषेय समयमा आफ्ना भनाइ राख्ने क्रममा उनले सुन तस्करीमा उच्च तहका नेता, पूर्वआईजीपी र पत्रकाहरु पनि मुछिएको सूचना आफूसँऊ रहेको बताएका हुन्। 

बैठकमा संसद् लामो समय अवरोध भएकोमा आक्रोश पोखेका उनले सुन प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआआईबी) सरकारले दबाब दिइरहेको पनि आशंका व्यक्त गरे। सरकारकै मान्छेले सुन प्रकरणका दोषीलाई उन्मुक्ति दिन दबाब दिइरहेको उनको भनाइ थियो।

उनले हाल सुन तस्करीमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङको नाम लिँदै उनले आफूलाई उच्च तहको संलग्नताबारे प्रहरीबाटै सूचना आएको बताए। 

‘तस्करीको सुन आएको कुराको जानकारी अहिले पक्राउ परेका दावा (दावा छिरिङ )नामका व्यक्तिलाई फोटो पनि पठाएको इमान्दार देशभक्त प्रहरीले मलाई विश्वास गरेर सूचना दिएका छन्’, उनले भने, ‘यो प्रकरणमा जोडिएका विचौलियाको पनि मकहाँ विवरण आएको छ। यसबारे मैले सम्बन्धित सरकारी निकायलाई जानकारी दिनेछु।’  

लामिछानेले सुन तस्करी प्रकरणको समाचार लुकाउन लामो समयदेखि पत्रकारिता गरेका मान्छे पनि संलग्न रहेको जिकिर गरे। ‘सुन तस्करीमा उच्च तहका नेतादेखि पत्रकारसमेत जोडिएका छन्’, उनले भने, ‘प्रहरीका पूर्व प्रमुखको दावासँग कुराकानी भएको भएको सूचा आएको छ। यसबारे प्रधानमन्त्री र गृहमन्त्रीको ध्यान जाओस्।’

लामिछानेले अहिले पक्राउ परेका दावा छिरिङसँग सुन तस्करीका लागि भएको कुराकानीको टेलिफोन रेकर्ड हेर्न पनि सरकारलाई आग्रह गरेका छन्। 

उनले दावाको टेलिफोन रेकर्डबारेको फरेन्सिक ल्याबको रिपोर्ट सांसदहरुलाई देखाउन पनि माग गरेका छन्। लामिछालेने दोहोर्‍याउँदै सत्ताकै नेताहरु जोगाउन सीआईबीको अनुसन्धान कमजोर बनाउने प्रयास भइरहेको पनि शंका गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .