राजनीति


प्रधानमन्त्रीद्वारा ‘कर्नालीको मर्म’ विमोचन

प्रधानमन्त्रीद्वारा ‘कर्नालीको मर्म’ विमोचन

नेपालखबर
भदौ ४, २०८० सोमबार २२:३७, सुर्खेत

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डा दीपेन्द्र रोकायाद्वारा लिखित ‘कर्नालीको मर्म’ नामक पुस्तक विमोचन गरेका छन्। 

उनले नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको आयोजनामा वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रममा उक्त पुस्तक विमोचन गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले डा रोकायाको पुस्तकले कर्णालीको इतिहास अहिलेको वास्तविकता र भविष्यको योजना प्रस्तुत गरेकोमा खुसी लागेको बताए। 

जनयुद्ध यता कर्णालीको वास्तविकता सार्वजनिक हुँदै आउन थालेको प्रचण्डले बताए। 

पार्टी विसर्जन र पुनःनिर्माणको दोसाँधमा रहेको चर्चा गर्दै हर हालतमा पार्टी निर्माण गर्ने संकल्प लिएर तीन महिने अभियान सञ्चालन गरेको दाबी पनि उनले गरे।

‘यो पार्टी निर्माण गर्ने र समाजवादी क्रान्तिको तयारी हो,’ उनले भने। 

प्रचण्डले पार्टी कार्यकर्तालाई तीन महिना जनताको बीचमा पुग्न अपिल गर्दै आफू पनि सातै प्रदेशको सात वडामा पुग्ने बताए। 

सोही अवसरमा उनले नेपाल सरकारले नेपाली जनतामा आशा जगाउने काम नयाँ उचाइमा गर्दै जाने पनि बताए।

कर्णालीका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश योजना आयोगका पूर्वसदस्य डा दीपेन्द्र रोकायाको खोजपूर्ण लेखनले ‘कर्नालीको मर्म’ सार्वजनिक भएको बताए। ‘यस पुस्तकबाट कर्णालीको वास्तविकता बुझ्न सहयोग पुग्नेछ,’ उनले भने।

नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश इञ्चार्ज मातृकाप्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका ऊर्जामन्त्री शक्ति बस्नेत, कर्णली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र कर्णाली प्रदेश समिति अध्यक्ष विमला केसीले सरकार र पार्टीको योजना सुनाएका थिए।

सोही अवसरमा प्रदेश समितिले पार्टीको तीन महिने अभियानका खट्ने ७९ पालिका र सात सय १८ वडा इञ्चार्जको नाम सार्वजनिक गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .