समाज


बाल सुधार गृह घटना : सुरक्षाकर्मीतर्फ १९ र बालबन्दीतर्फ १० घाइते

ट्रमा, वीर, बलम्बु र भक्तपुरका अस्पतालमा उपचार हुँदै
बाल सुधार गृह घटना : सुरक्षाकर्मीतर्फ १९ र बालबन्दीतर्फ १० घाइते

नेपालखबर
भदौ ४, २०८० सोमबार २२:४७, काठमाडौँ

मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा आज प्रहरी र बन्दीबीच भएको झडपमा २९ घाइते भएका छन्। 

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले राति ९ बजे घटनामा घाइते र क्षतिको अन्तिम विवरण आएको जानकारी दिँदै सुरक्षाकर्मीतर्फ १९ र बन्दीतर्फ १० घाइते भएको बताए। 

घाइते प्रहरीमध्ये थिमि वृत्तका प्रहरी निरीक्षक सञ्जिव ओलीको दाहिने हात भाँचिएर मध्यपुर अस्पतालबाट थप उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्ज रिफर गरिएको छ। काठमाडौं कारागार दरबन्दी भई हाल परिसर भक्तपुरमा कार्यरत ३४ वर्षीय प्रहरी हवल्दार चन्द्रमाया राईको दाहिने खुट्टा भाँचिएको भक्तपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिए।

घटनामा थिमि वृत्तका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठको दाहिने नली खुट्टामा चोट लागेको, प्रहरी परिसर भक्तपुरका प्रहरी जवान लक्ष्मण खड्का, वरिष्ठ प्रहरी हवल्दार बेलकुमारी बुढाथोकी, प्रहरी हवल्दार सूर्य बस्नेत, हवल्दार ३८ वर्षीय श्यामसुन्दर ठाकुर, प्रहरी जवान पुनम टमाटा, प्रहरी सहायक हवल्दार बादुरे राउत, प्रहरी जवान सन्तोष पचभैया, प्रहरी जवान भरत अड्केजाको भक्तपुर अस्पताल, मध्यपुर अस्पताल र भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए।

यसैगरी सशस्त्र प्रहरी बलतर्फ घाइते भएका वरिष्ठ प्रहरी हवल्दार हरिशरण थापा, प्रहरी सहायक हवल्दार माधव अधिकारी, ज्ञानबहादुर महत, प्रहरी जवान राम प्रवेश सिंह, उमेशकुमार कलवार, राधिका थापा, कल्पना श्रेष्ठ, सुदन सुवाल उनीहरु सबैलाई थप उपचारका लागि सशस्त्र प्रहरी अस्पताल बलम्बू रिफर गरिएको छ।

त्यस्तै बाल बन्दीतर्फ घाइते हुनेमा १८ वर्षीय साहिनी गोपाली, २२ वर्षीय दिले परियार, २१ वर्षीय विश्वास गपाली, २२ वर्षीय अर्जुन नेपाली, १८ वर्षीय सन्देश खत्री, २० वर्षीय दिनेश पुनमगर, २२ वर्षीय विशाल पाण्डे, १८ वर्षीय शङ्कर घर्ती, २२ वर्षीय उमेश कार्की, २० वर्षीय सञ्जिव तामाङ रहेका छन्। 

घाइतेमध्ये घर्तीको वीर अस्पतालको ट्रमा सेन्टरमा र अन्यको नागरिक अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल, मध्यपुर अस्पताललगायत उपचार भइरहेको छ।
    
त्यसैगरि सुधार गृहको गेट तोडेर बाहिर निस्कने क्रममा बाल बन्दीले विभिन्न सामान तोडफोड गरी क्षति पुर्‍याएका छन्।

प्रहरी उपरीक्षक केसीका अनुसार बालसुधार गृह कार्यालय को १ नं को पोष्टमा रहेको कुर्ची, टेबल, सिसाको बत्ती फुटाएको, एक थान टिभी, युसेफ नेपालका कार्यालयका झ्यालका सिसा, बत्ती, टेको, सिसी क्यामरा, कम्युटरको स्टेन तार राउटर र कुर्सी फुटाएर क्षति पुर्‍याएको छ। 

त्यस्तै बाल सुधार गृह भवन क्षति, कुर्सी, बेञ्च, झ्याल, ढोका लाइटमा क्षति पुगेको छ भने बालबन्दी बस्ने व्यारेकको झ्यालको सिसा, वाडेनको कार्यकक्षमा रहेको सिसिटिभी क्यामरा, मनिटर र दराज टेबल फुटाएर क्षति पुर्‍याएका छन्।

फरारमध्ये दुई सय चार जना पक्राउ परेका छन् भने १७ जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad