जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र विभागको जिम्मेवारी तोकेको छ।
आइतबार बसेको बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशिला श्रेष्ठलाई बागमती प्रदेश इन्चार्ज, राजकिशोर यादवलाई लुम्बिनी प्रदेश इन्चार्ज, प्रकाश अधिकारीलाई कर्णाली प्रदेश इन्चार्ज र गोविन्द चौधरीलाई सुदुरपश्चिम प्रदेश इन्चार्ज तोकेको छ।
बैठकले कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतको अध्यक्षतामा चन्देश्वर प्रसाद सिंह, पेशल ढकाल, न्हुच्छेलाल महर्जन र ई. देवनारायण याादव रहेको केन्द्रीय कार्यालय समिति गठन समेत गरेको पार्टी प्रचार प्रसार विभागले जनाएको छ।
त्यस्तै बैठकले संगठन विभागको प्रमुखमा केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठलाई चयन गरेको छ। विभागका सदस्यहरुमा रेणु यादव र लाक्पा शेर्पा रहेको छन्।
संघीय मामिला तथा स्थानीय तह विभाग प्रमुखमा लालबाबु राउत र सदस्यहरुमा शैलेन्द्र साह र सनबहादुर राई रहेका छन्। सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागमा मनिसकुमार सुमन र सदस्यहरुमा लक्ष्मण हुमागाई र योगराज वनेम रहेका छन्।
युवा, विद्यार्थी तथा खेलकुद विभागको प्रमुखमा रमेशबाबु श्रेष्ठ रहेका छन् भने विदेश्वर यादव, दीपक दोर्जे लामा र वीरेन्द्र प्रधान सदस्य रहेका छन्। महिला विभागमा लिला सिटौला सदस्यहरुमा उर्मिला साह, मञ्जु अन्सारी, विनिता यादव र किरण साह, निर्मला यादव, भगवती सुवेदी, रेणुका सिंह, अञ्जना शेर्पा, शोभा बज्राचार्य र कमला विश्वकर्मा रहेका छन्।
त्यस्तै, बैठकले केन्द्रीय सदस्य मनोरञ्जन गोइतमाथि गरिएको अनुशासनको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ।
सप्तरी जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं मा निर्वाचनका बेला उत्पन्न भएका संगठनात्मक समस्या तथा अनुशासन लगायतका विषयमा भएका विवादहरुका सम्बन्धमा आवश्यक छानबिन गरी सत्य तथ्यका आधारमा अध्ययन, अनुसन्धान र विश्लेषण गरी प्रतिवेदन पेस गर्न राजकिशोर यादवको संयोजकत्वमा सुशिला श्रेष्ठ र जगदेव यादव रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेपालखबरलाइ जानकारी दिए।

प्रतिक्रिया