बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
गलकोट नगरपालिका ३ बतासेडाँडामा गएराति ग ८ प १२२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २८ वर्षीय गणेश परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।
तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा परियारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
63
Shares
प्रतिक्रिया