ad ad

राजनीति


एकीकृत समाजवादीले बोलायो पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक

भोलि र पर्सि पोलिटब्यूरो, मंगलबारदेखि ३ दिन केन्द्रीय कमिटी
एकीकृत समाजवादीले बोलायो पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक

नेपालखबर
भदौ २, २०८० शनिबार १८:५४, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)ले पोलिटब्यूरो र केन्द्रीय समिति बैठक बोलाएको छ। शनिबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले भोलि र पर्सि (भदौ ३ र ४ गते) पोलिटब्यूरो बैठक बस्ने निर्णय गरेको छ। 

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार पोलिटब्यूरो बैठकमा आगामी कार्यभारको विषयमा छलफल हुनेछ। 

पोलिटब्यूरो बैठक लगत्तै मंगलबारदेखि ३ दिन केन्द्रीय कमिटीको बैठक बोलाएको पनि उनले जानकारी दिए। 

 ‘पोलिटब्यूरोको बैठक भोलि र पर्सि बस्दैछ। ५,६ र ७ गते केन्द्रीय कमिटीको बैठक बस्नेछ। यसका एजेण्डाहरू पहिले नै तय भइसकेको छ,’ सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘वर्तमान परिस्थिति र पार्टीको आगामी कार्यभार नै मुख्य विषयवस्तु बनेको छ। यसैको सेरोफेरोमा सदस्यहरूले आफ्नो धारणा राख्नुहुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .