प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारतबीच थाँती रहेका सबै विषयलाई वार्ताको माध्यमबाट समाधान गर्ने समय आएको बताएका छन्।
भारतीय समकक्षी नरेन्द्र मोदीसँग एकीकृत भन्सार चौकी (आइसीपी)को भिडियाे कन्फ्रेन्समार्फत् संयुक्त रुपमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दुवैतर्फ स्थिर र बहुमतको सरकार रहेकाले थाँति रहेका सबै विषयमा समाधानका लागि राम्रो अवसर भएको बताए।
‘नेपाल र भारतबीच पेन्डिङ रहेको सबै विषयलाई वार्ताको माध्यमबाट समाधान गर्ने समय आएको छ’ ओलीले मोदीसँग भने, ‘दुवै देशमा स्थिर र बहुमतको सरकार रहेकोले दुवै देशका हितका लागि समाधान गर्नुपर्छ।’
सम्बोधनको क्रममा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। सोही कन्फ्रेन्समा मोदीले निम्तो स्वीकार गर्दै यसै वर्ष (सन् २०२०) नेपाल भ्रमण गर्ने बताएका छन्।
प्रतिक्रिया