राजनीति


महराको स्पष्टीकरण : मैले कुरा गरेका चिनियाँ व्यापारी सुन होइन, फलफूल बेच्ने गर्थे

महराको स्पष्टीकरण : मैले कुरा गरेका चिनियाँ व्यापारी सुन होइन, फलफूल बेच्ने गर्थे

फाइल तस्बिर


नेपालखबर
साउन ३०, २०८० मंगलबार १४:३६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आफूलाई राजनीतिक रुपमा सिद्धाउने गरी सुन तस्करी प्रकरणमा मुछिएको बताएका छन्।

उनले मंगलबार दाङमा केही पत्रकारहरुसँगको कुराकानीका क्रममा महराले केही मिडियाहरुमा आएको समाचारमा राजनीतिक पूर्वाग्रह रहेको पनि बताएका छन्। 

‘यो प्रकरणमा केही मिडियामा समाचार आएका छन्। मैले वक्तव्य दिइसकेको छु। मेरो र छोरा दुवैको विज्ञप्ति आयो। हिजो गृहमन्त्रीको पनि धारणा आएको छ। गृहमन्त्रीको भनाइ आइसकेपछि धेरै हल्ला गर्न आवश्यक ठानिनँ’, उनले भने, ‘सुन प्रकरणसँग सम्बन्धित घटना के हो भन्दा एकजना वाङ भन्ने चिनियाँ मान्छे १०/१५ वर्षयता नेपालमै बस्छन्। उनी नेपाली पनि बोल्छन्। उनीसँग मेरो चिनजान भएको १२ वर्षजति भयो। उनी यहाँ दाङ र रोल्पा पनि आएका छन्। उनी सुन होइन, फलफूल व्यापारी हुन्।’

ई-सिगरेटमार्फत ल्याइएको भनिएको ९ केजी सुन तस्करीका प्रमुख योजनाकार भनिएका चिनियाँ नागरिक वाङसँग आफूले टेलिफोन संवाद पनि नगरेको उनले बताएका छन्। 

‘यो सुन प्रकरणसँग सम्बन्धित घटना भनेको, एकजना वाङ भन्ने मान्छे चाइनिज हुन्। उनीसँ चिनजान भएको पनि त्यति नै भएको छ’, उनले भने, ‘मसँग टेलिफोन वार्ता पनि भएको होइन। मसँग भेटेर उनका एकजना साथीले सुनको ‘स’ पनि उच्चारण नगरी भेप (इलेक्ट्रिक सिगरेट) को सामान आएको छ भन्सारमा भनेका थिए।’ 

उनले त्यसबेला आफूले केही इलिगल सामान होला पनि भनेर सोधेको बताए। ‘त्यसपछि मैले भन्सारका साथीहरुसँग कुराकानी गरेर लिगल छ भने कानुन अनुसार काम गर्नुहोला भनेको थिएँ। लिगल भए छाडिदिनु, इलिगल भए लिलामी गर्नु भनेको हो।’

उनले आफू जेल परेका बेला जेलमै भएका एकजना साथीसँग कुरा भइरहने पनि बताए। 

‘यसैलाई आधार बनाएर बाहिर समाचारहरु आएका छन्। मैले वक्तव्यमा अलिक राजनीति भयो कि भनेको छु। मैले उल्लेख गरेको निशाना कुनै शक्तिप्रति लक्षित होइन’, उनले भने, ‘सुन प्रकरणमा सत्ता पक्षका मान्छेहरु संलग्न छन् भने आशंका गरिएको थियो। मसँग सुन प्रकरण जोडेर राजनीति भएको ठानेको छु।’

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .