जिल्ला कारागारमा दुईजना कैदीबन्दीको हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीलाई जिल्ला अदालत संखुवासभाले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
दुईजना कैदीहरु १९ वर्षीय बिनोद तेलाङ्गी र आकाश बलामीको हत्या प्रकरणमा प्रहरीको पनि संलग्नताको आरोपमा परिवारले जोहरी दर्ता गरेको थियो।
संखुवासभा जिल्ला अदालतले आइतबार पाँच दिन म्याद थप गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।
गत साउन २३ गते राति कारागारको झ्यालको रड तोडेर भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेर पुनः कारागारमा लगेको थियो।
त्यसपछि कारागारभित्रै रहेका कैदी कर्मचारीले कुटपिट गरी हत्या गरेको कारागार प्रशासनले जनाएको थियो।
तर, उक्त प्रकरणमा प्रहरी प्रशासनको समेत संलग्नता भएको भन्दै उच्चस्तरीय छानबिन समिति बनाइएको थियो।
Shares
प्रतिक्रिया