जनमत पार्टीकी प्रमुख सचेतक अनितादेवी साहको शपथ ग्रहण भोलि (सोमबार) हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय मामिला ततथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई हटाएर साहलाई मन्त्री नियुक्त गर्न लागेका हुन्।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरिसकेको छ।
राष्ट्रपतिको सचिवालयका अनुसार साहको शपथ भोलि बिहान १० बजे हुनेगरी तय भएको छ।
आइतबार नै साहलाई मन्त्री नियुक्त गर्ने तयारी भइरहेको बताइएको थियो। यद्यपि माओवादी बैठकले ढिला निर्णय गरेपछि शपथ भोलि बिहान १० बजेका लागि तोकिएको हो।
72
Shares
प्रतिक्रिया