नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले आफूहरुलाई सत्तामा जाने कुनै रुचि नभएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्।
‘अहिले हामीले उठाएको प्रश्नको जवाफ सरकारले दिनुपर्छ भनेका हौँ। तर एमालेलाई सरकारमा रुचि छैन’, उनले भने, ‘सरकारमा होइन जनताको र आर्थिक अवस्थाको हामीलाई चिन्ता छ। निर्माण व्यवसायी सडकमा उत्रनुपरेको छ। जनताका अनेक समस्या छन्। हामी तीबारे बोलिरहेका छौँ।’
उनले फेरि दोहोर्याएर एमालेलाई अहिले सत्तामोह, सत्तालोलुप्ता नरहेको बताए। ‘हामीले सत्तातिर हेरेको छैन, तर सरकारले जे पनि गर्न पाउँदैन’, उनले पत्रकारहरुको जवाफमा भने।
24
Shares

प्रतिक्रिया