ad ad

राजनीति


एमाले सांसदको आरोप : ललिता निवासमा जोडिएपछि सरकारले माधव नेपाललाई विदेश भगायो

एमाले सांसदको आरोप : ललिता निवासमा जोडिएपछि सरकारले माधव नेपाललाई विदेश भगायो

फाइल तस्बिर


नेपालखबर
साउन २६, २०८० शुक्रबार १४:४४, काठमाडौँ

नेकपा एमालेकी सांसद ज्वालाकुमारी साहले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा छानबिनको दायरामा नल्याएर सरकारले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई विदेश भगाएको आरोप लगाएकी छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विवादबीच बोल्ने क्रममा सांसद साहले सरकारले नै माधव नेपाललाई विदे भगाएको बताइन्। 

‘सही तरिकाले छानबिन गरिएको भए ललिता निवास प्रकरणमा छानबिन गर्न पक्राउ गर्नुपर्ने व्यक्ति (माधवकुमार नेपाल) लाई सरकारले विदेश भगाएको छ’, उनले भनिन्, ‘माधव नेपाललाई विदेश जानबाट नरोकेर सरकारले गल्ती गरेको छ।’

उनले तत्कालीन अवस्थामा एमालेबाट परराष्ट्रमन्त्री रहेकी डा. विमला पौडेललाई गत फागुन १२ गते विदेश जानबाट सरकारले नियतवश रोकेको पनि बताइन्। तर भ्रष्टाचार प्रकरणमा छानबिनको दायरमा आउने नेपाललाई सर्वोच्चको आदेशकै भोलिपल्ट विदेश जान दिइएको उनको भनाइ थियो।

अध्यक्ष नेपाल सर्वोच्चले साउन २१ गते ललिता निवास जग्गा प्रकरणमा नीतिगत निर्णय गर्नेलाई पनि कानुनी दायरामा ल्याउन आदेश दिएको भोलिपल्टै युरोप यात्रामा निस्केका छन्। उनी भदौमा मात्रै काठमाडौं आइपुग्ने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .