प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।
बिहीबार साँझ प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
उनका अनुसार अवरुद्ध संसद खुलाउनेबारे उनीहरुबीच छलफल भएको थियो। साथै, पछिल्लो समसामयिक विषयमा पनि उनीहरुबीच छलफल भएको उनले बताए।
186
Shares
प्रतिक्रिया