राजनीति


दुर्गमका ६ नासुलाई रोजाएर सिंहदरबार सरुवा

दुर्गमका ६ नासुलाई रोजाएर सिंहदरबार सरुवा

नेपालखबर
साउन २५, २०८० बिहिबार २०:४२, काठमाडौँ

दुर्गमबाट सुगम क्षेत्रको कार्यालय रोजेर निवेदन दिएका ६ जना नायब सुब्बाहरूको सिंहदरबारमा सरुवा भएको छ। 

संघीय मामिला तथा प्रशासन मन्त्रालयले ९ दिनको सयम दिएर सुगम क्षेत्रका कार्यालय रोज्न निवेदन माग गरेको थियो। सोही अनुसार पहिलो चरणमा नायब सुब्बाहरूको सरुवा भएको मन्त्रालयले जानकारी दिएको छ। 

जसअनुसार जिल्ला प्रशासन कार्यालय डोटीमा ५ वर्षदेखि कार्यरत नासु तिलक नेपालीको उनले मागे बमोजिम नै खानेपानी मन्त्रालयमा सरुवा भएको छ।

त्यस्तै ईलाका प्रशासन कार्यालय पचौडी बैतडीमा ३ वर्षदेखि कार्यरत नासु नन्दराज पन्तको उनले मागेअनुसार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ। 

यसैगरी ईलाका प्रशासन कार्यालय जोगबुढा डडेल्धुरामा ३ वर्षदेखि कार्यरत नासु लाल बहादुर धामीको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ। 

सडक डिभिजन भातकाडा डोटीमा ३ वर्षदेखि कार्यरत नासु सुनिल कुमार रोकायको सहरी विकास मन्त्रालय वा अन्तर्गत् सरुवा भएको छ। 

जिल्ला प्रशासन कार्यालय मनाङमा ३ वर्षदेखि कार्यरत नासु गणेश न्यौपानेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ। 

जिल्ला निर्वाचन कार्यालय मुगुमा २ वर्षदेखि कार्यरत नासु रत्न बहादुर रावलको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गत्को कार्यालयमा मागे अनुसारकै कार्यालयमा सरुवा भएको मन्त्रालयले जनाएको छ। 

दुर्गम क्षेत्रका विभिन्न कार्यालयमा कार्यरत ४५२ जना कर्मचारीले सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिएका छन्। जसमध्ये उपसचिव २, शाखा अधिकृत १२, नायब सुब्बा ६५, खरिदार ७५ र कम्प्युटर अपरेटर ४९ जना रहेको मन्त्रालयले जानकारी दिएको छ।

हालसम्म शाखा अधिकृत र उपसचिव गरी ४८ जनालाई दुर्गम क्षेत्रका विभिन्न स्थानीय तहमा खटाइएको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad