नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। भोलि शुक्रबार (साउन २६) गते संसदीय दलको बैठक बोलाइएको हो।
नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ।
शुक्रबारका लागि संसद् बैठक पनि आह्वान भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सय किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ।
यसअघि सभाामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक पटक संसद् खुलाउनेबारे छलफल भएको थियो।
तर, सहमति नजुट्दा संसद् बैठक चल्न सकेको छैन।
87
Shares

प्रतिक्रिया