ad ad

राजनीति


सरकार र निजी क्षेत्र नमिल्दा जलविद्युत् क्षेत्रका चुनौती हल गर्न सकिँदैन : सांसद सापकोटा

सरकार र निजी क्षेत्र नमिल्दा जलविद्युत् क्षेत्रका चुनौती हल गर्न सकिँदैन : सांसद सापकोटा

नेपालखबर
साउन २३, २०८० मंगलबार २०:२७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पनि जलविद्युत्‌को विकास गर्न सरकार र निजी क्षेत्र भनेर विभाजित गर्न जरुरी नभएको बताए। उनले सरकार र निजी क्षेत्र एउटै नसोच्दासम्म जलविद्युत् क्षेत्रमा रहेका जटिलता र चुनौती हल गर्न नसकिने बताए। 

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बौल्दै सांसद सापकोटाले मनोवैज्ञानिक हिसाबले निजी क्षेत्र र सरकार एउटै भएको भावना विकास गर्न नसकेसम्म जलविद्युत् क्षेत्रका समस्याहरू हल गर्न नसकिने बताए। 

‘जलविद्युत्‌को विकास गर्न सरकार र निजी क्षेत्र भनेर विभाजित गर्न जरुरी छैन। सरकार र निजी क्षेत्र एउटै हौ भनेर नसोच्दासम्म जलविद्युत क्षेत्रमा रहेका जटिलता र चुनौती हल गर्न सक्दैनौ,’ सांसद सापकोटाले भने, ‘मनोवैज्ञानिक हिसाबले निजी क्षेत्र र सरकार एउटै हो भन्ने कुराको भाव विकास गर्न सकेनौं भने जलविद्युत् क्षेत्रका समस्याहरू हल गर्न सक्दैनौं।’

उनले जलविद्युत्‌को समस्या र जटिलताहरू सरकार र निजी क्षेत्र एकतावद्ध भएर सामना गर्नुको विकल्प नरहेको पनि बताए। उनले निजी क्षेत्र एक आपसमा प्रतिस्पर्धा गरेर परियोजना जटिलता पैदा गर्नको निम्ति लाग्ने गरेको दाबी गरे।

‘जलविद्युत्‌को विकास गर्न सरकार र निजी क्षेत्र एउटै हो भन्ने मनोभाव विकास गरौं। अहिले जुनसुकै क्षेत्रमा गए पनि चुनौतीहरू छन्। त्यसैले सरकार र निजी क्षेत्र एकतावद्ध भएर सामना गर्ने हो,’ उनले भने, ‘एउटै क्षेत्रमा निजी क्षेत्रका दुई वटा परियोजना भएको स्थानमा एउटामा बढी समस्या आउने र एउटामा कम समस्या किन आउँछ। लटिलता पैदा गर्नको निम्ति निजी क्षेत्रका साथीहरु नै प्रतिस्र्धामा हुनुहुन्छ।’

उनले निजी क्षेत्रका साथीहरु नै प्रतिस्पर्धामा गरेर स्थानीयहरूलाई भड्काउने काम भएको भन्दै सांसदहरूले सहजिकरण गरेको दाबी गरे।

‘यहाँ यस्तो चिज हुन्छ भनेर स्थानीयहरुलाई भड्काउने काम निजी क्षेत्रबाटै भएको छ। सांसदहरूले सहजीकरण गरेको दाबी छ। राजनीतिक हिसाबले जलविद्युतको विकासको लागि प्रतिवद्धता जनाउन आवश्यक छ,’ उनले भने, ‘संसदमा भएका सबै राजनीतिक पार्टीहरूका बीचमा एउटा प्रतिवद्धता जनाउने फोरमका साथ जाँदा समहज हुन्छ जस्तो लाग्छ।’

उनले राजनीतिक हिसाबले जलविद्युत्‌को विकासको लागि प्रतिवद्धता जनाउन आवश्यक रहेको पनि बताए। उनले संसदमा भएका सबै राजनीतिक पार्टीहरुका बीचमा एउटा प्रतिवद्धता जनाउने फोरम बनाएर जानु पर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .