ad ad

राजनीति


माधव नेपाल युरोप उडेपछि सचिवालयले भन्यो- सर्वोच्चको फैसलाबारे उहाँ जानकार हुनुहुन्छ

माधव नेपाल युरोप उडेपछि सचिवालयले भन्यो- सर्वोच्चको फैसलाबारे उहाँ जानकार हुनुहुन्छ

नेपालखबर
साउन २२, २०८० सोमबार ९:४३, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज (सोमबार) बिहानै युरोप प्रस्थान गरेका छन्। 

ललिता निवास जग्गा प्रकरणमा आइतबार सर्वाेच्च अदालतले दिएको आदेशले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईबारे पनि अनुसन्धानका लागि बाटो खोलेको छ।

त्यसको भोलिपल्ट सोमबार बिहानै पूर्वप्रधानमन्त्री नेपाल युरोप उडेका हुन्। 

त्यस क्रममा उनले सर्वाेच्चको आदेश आफू जानकार रहेकाे जानकारी गराएका छन्।  

नेपालको निजी सचिवालयले भनेको छ, ‘हिजो (आइतबार) सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा उहाँ जानकार हुनुहुन्छ । सबै प्रकारका भ्रष्टाचार एवम् अनियमितताको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही हुनुपर्छ र मुलुकमा सुशासन कायम गर्नुपर्छ भन्ने कुरामा उहाँको दृढ मान्यता रहेको छ।’

सचिवालयका अनुसार पूर्वप्रधानमन्त्री नेपाल प्रवासी नेपाली एकता मञ्च  युरोपद्वारा स्विट्जरल्यान्ड लगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्वनिर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन टर्किस एअरको विमानद्वारा आज बिहान साढे ७ बजे बजे इस्तानबुल हुँदै जेनेभा प्रस्थान गरेका हुन्। 

युरोप उड्नुअघि माधव नेपाल। तस्बिर : माधव नेपालको सचिवालय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .