ad ad

राजनीति


प्रचण्ड पुत्री गंगा दाहालबारे रेणु चन्द : सचिवालयमा बस्दैमा आलोचना गर्नुको कुनै अर्थ छैन

प्रचण्ड पुत्री गंगा दाहालबारे रेणु चन्द : सचिवालयमा बस्दैमा आलोचना गर्नुको कुनै अर्थ छैन

नेपालखबर
साउन १९, २०८० शुक्रबार १६:३७, काठमाडौँ

तीन दिनदेखि प्रज्ञा भवन कमलादीमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री एवम् स्वकीय सचिव गंगा दाहाल चर्चाको विषय बनेकी छन्। 

प्रचण्डले जनयुद्धमा होमिएका हजारौँ कार्यकर्तालाई बेवास्ता गर्दै सचिवालयमा छोरीलाई राखेको आरोप केही केन्द्रीय सदस्यहरुले लगाएका छन्।

अन्य नेताहरुले छोरीकै कारण प्रचण्डसम्म आफूहरुको पहुँच पुग्न पनि नदिएको गुनासो गरेका छन्। केही गंगालाई सचिवालयबाट बिदा गर्न पनि भनेका छन्।

तर, शुक्रबारको बैठकमा आफ्ना भनाइ राख्ने क्रममा केन्द्रीय सदस्य रेणु चन्दले गंगाको आलोचना गर्नुको कुनै अर्थ नभएको बताइन्। 

महिलाहरुले मातृत्वमा सम्झौता गरेर जनयुद्धदेखि अहिलेसम्मका हरेक संघर्षमा योगदान दिइरहेको उनको भनाइ थियो।

‘महिलाहरूले मातृत्वमा सम्झौता गरेर हरेक संघर्षमा योगदान दिएका छन्, बालबच्चालाई दूध खुवाउन पाएनन्’, उनले भनिन्, ‘श्रीमानले जति माया गरे पनि बच्चा जन्माउने त आमाले नै हो। तर यो पक्षको कहिले मूल्यांकन हुन्न। महिलाहरू पार्टीबाट पनि समानुपातिकमा थन्क्याइए। जिम्मेवारी पनि दिइन्न। कसैले जिम्मा पाए पनि यो वा त्यो रूपमा आलोचना हुन्छ।’

उनले त्यही सन्दर्भमा प्रचण्डको सचिवालयमा रहेकी गंगाको प्रसंग निकालिन्। 

‘अहिले प्रधानमन्त्रीको सचिवालयमा पार्टी केन्द्रीय सदस्यगंगा दाहाल छिन्। उनको आलोचना गर्नुको अर्थ छैन’, उनले भनिन्, ‘सबैथोक गुमाउने संकट बोकेर परिवारसहित युद्धमा होमिएको कुरा हेर्ने कि नहेर्ने? सचिवालयका सदस्यहरूले द्वेषपूर्ण आलोचनाको वास्ता नगर्नुस्। रचनात्मक सुझाव पालना गर्नुस।’

उनले सम्बोधनका क्रममा गंगाको नाम पटक पटक लिइन्। रेनुले भनिन्, ‘कुछ तो जो लोग भी कहेंगे।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .