ad ad

राजनीति


पत्रकार कुट्ने जिल्ला संयोजकलाई पुनर्बहाली गर्ने रास्वपाको निर्णय

खड्काको कुनै दोष नदेखिएको दाबी
पत्रकार कुट्ने जिल्ला संयोजकलाई पुनर्बहाली गर्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बझाङ संयोजक नगेन्द्र खड्का


नेपालखबर
साउन १८, २०८० बिहिबार २०:२२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बझाङ संयोजक नगेन्द्र खड्कालाई पार्टीले पुनःबहाली गरेको छ। 

बिहीबार दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उनलाई पार्टीमा पुनर्बहाली गर्ने निर्णय गरेको हो। 

यसअघि गत साउन ९ गते खड्काले पत्रकारलाई अपहरण गरी बन्दी बनाई कुटपिट गरेको आरोपमा निलम्बन गरेको थियो। 

उक्त निलम्बनपछि पार्टीको अनुशासन समितिले थप अनुसन्धान गर्दा दोष नदेखिएकाले निलम्बन फुकुवा गरी पुनः बहाल गर्ने निर्णय भएको प्रवक्ता मुकुल ढकाले जानकारी दिए। 

‘बझाङ घटनाका सन्दर्भमा जिल्ला संयोजकको दोष नदेखिएकाले निलम्बन फुकुवा गरि पद्‌मा पुनर्बहाल गर्ने निर्णय भएको छ,’ उनले भने।

खड्काको निर्देशनमा सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत सुनिल मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखाले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेको थियो।

त्यस्तै, पार्टीले रुपन्देहीको सैनामैना नगर समितिका एक्सन टिम संयोजक दामोदर खत्रीलाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ। 

 

लगत्तै उनलाई पार्टीले निलम्बन समेत गरेको थियो।

साथै, प्रदेश समितिलाई अफवाह फैल्याउनेविरुद्ध कानूनी उपचारमा जानसक्ने गरि अख्तियारी दिने निर्णय पनि आजको बैठकले गरेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .