ad ad

राजनीति


माओवादी बैठकमा जयपुरीको प्रस्ताव- विधान सम्मेलनभन्दा विशेष महाधिवेशन गरौं

माओवादी बैठकमा जयपुरीको प्रस्ताव- विधान सम्मेलनभन्दा विशेष महाधिवेशन गरौं

नेपालखबर
साउन १८, २०८० बिहिबार १५:९, काठमाडौँ

नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य जयपुरी घर्तीले विधान संशोधन गरे केन्द्रीय समितिको संख्या घटाउनुपर्ने प्रस्ताव गरेकी छिन्। 

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन आफ्नो धारणा राख्दै उनले विधान सम्मेलभन्दा विशेष महाधिवेशन गर्नु उपयुक्त हुने सुझाव दिइन्। 

‘विधान सम्मेलनभन्दा विशेष महाधिवेशन गर्नु उपयुक्त हुन्छ भन्ने मेरो सुझाव छ,’ घर्तीले बैठकमा भनिन्, ‘विधान सम्मेलनअघि केन्द्रीय समिति बढाउने र फेरि विधान संशोधन गरेर घटाउने कुरा व्यवहारिक हुँदैन भन्ने मलाई लाग्छ।’

बुधबारबाट जारी केन्द्रीय समिति बैठकमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन्। अहिलेसम्म २५ जना केन्द्रीय सदस्यले बोलिसकेका छन्। बुधबार १८ जना सदस्यले धारणा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .