ad ad

राजनीति


माओवादी बैठकमा नारायणकाजीले भने- भ्रष्टाचारका फाइल खोल्दा पार्टीकै नेता परे पनि छाडिन्न

माओवादी बैठकमा नारायणकाजीले भने- भ्रष्टाचारका फाइल खोल्दा पार्टीकै नेता परे पनि छाडिन्न

केन्द्रीय समिति बैठकमा धारणा राख्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (तस्बिर : प्रदीपराज वन्त)


नेपालखबर
साउन १८, २०८० बिहिबार १४:४३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका फाइल खोल्दा पार्टीभित्रकै मान्छे परेपनि नछाड्ने चेतावनी दिएका छन्।

प्रज्ञाप्रतिष्ठानमा जारी केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा धारणा राख्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका श्रेष्ठले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान नरोकिने भन्दै प्रमाण भेटिए पार्टीका नेता समेत कारबाहीमा पर्ने बताएका हुन्। 

‘भ्रष्टाचार, तस्करी लगायतका फाइल खोल्दा हामीले को पर्छ भनेर हैन, जो परेपछि नछाड्ने दृढता लिएका छौं,’ श्रेष्ठले भने, ‘पार्टी भित्रका परे पनि पछाडि नहट्ने संकल्प हाम्रो छ।’

साथै, उनले सरकारले गरेको राम्रो कामको प्रचार नहुँदा विपक्षीले भ्रम फैलाएको पनि बताए।

‘अहिले सरकारले  इतिहासकै उत्कृष्ठ काम गरिरहेको छ तर सरकारले गरेका राम्रा कामको जति प्रचार हुनुपर्थ्यो त्यो हुन सकेन,’ श्रेष्ठले भने, ‘प्रचार नभएकैले विपक्षीले हामीमाथि फैलाएको भ्रम चिर्न सकिएको छैन।’

पहिलो दिनको बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तावित प्रतिवेदको मूल स्पिरिटमा पूर्ण समर्थन रहेको उनले बैठकमा बताएका छन्। साथै, प्रचण्डकै नेतृत्वमा नयाँ ढंगको पार्टी निर्माण र समाजवादको आधारको रुपमा रहेको सामाजिक न्याय सहितको सम्वृद्धि हासिल गर्न सम्भव रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .