ad ad

राजनीति


माओवादी नेताहरुको सम्पत्ति छानबिन गर्न केन्द्रीय सदस्यहरुको माग

माओवादी नेताहरुको सम्पत्ति छानबिन गर्न केन्द्रीय सदस्यहरुको माग

नेपालखबर
साउन १७, २०८० बुधबार १७:१०, काठमाडौँ

नेकपा माओवादी केन्द्रको बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको चौथो विस्तारित बैठकमा नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठेको छ।

प्रज्ञा भवन कमलादीमा बैठकको उद्घाटनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू भ्रष्टाचारविरूद्ध कठोर रहेको बताएका थिए।

अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेस गरिसकेपछि बोल्ने समय पाएका केन्द्रीय सदस्यहरुले माओवादीकै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका हुन्।

बुधबार अपरान्हसम्म बैठकमा सहभागी ३८५ केन्द्रीय सदस्यमध्ये २० जनाले बोलिसकेका छन्। जसमध्ये अधिकांशले पार्टी नेतृत्व भ्रष्टाचारविरुद्ध कठोर हुनुपर्ने बताउँदै सबै नेताहरुको सम्पत्ति खोज्नुपर्ने कुरा उठाएका हुन्। 

सरकारसहित विभिन्न सार्वजनिक लाभका पदमा अवसर पाएका नेताहरु पुँजीवादी जस्ता भएकाले उनीहरुको सम्पत्ति छानबिन हुनुपर्ने माग केन्द्रीय सदस्यहरुले राखेका हुन्। 

बैठकको सुरुमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले माओवादी पार्टी पार्टी जस्तो नभएको बताउँदै अब व्यापक सुदृढीकरण अभियान थाल्नुपर्नेमा जोड दिएका थिए।

उनले आफ्नो नेतृत्वमा सरकार आइसकेपछि सुशासनको पक्षमा कठोर कदम चालिरहेको पनि बताएका थिए। भ्रष्टाचारविरोधी अभियान नरोकिने कुरा प्रचण्डले राखेपछि केन्द्रीय सदस्यहरुले पनि पार्टीबाटै शुद्धीकरण अभियान थाल्नुपर्नेमा जोड दिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .