राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुको उपस्थितिका कारण ठूला दलहरु होसियार हुन थालेको बताएका छन्।
सोमबार काठमाडौंमा रास्वपा सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले यसो भनेका हुन्।
‘हाम्रो उपस्थितिले मात्रै होसियारी देखिएको छ। दलहरु पनि चलायमान देखिएका छन्। भ्रष्टाचारविरुद्ध रास्वपाले घण्टी बजाएपछि सरकारले फाइल खोल्यो’, उनले भने, ‘अहिले फाइल खोलिएन भने ०२८४ सम्म त के के हो भनेर खुलेको हो। आउने निर्वाचनसम्म अहिलेका दलले सफाइ गरे भने हाम्रो काम पनि सजिलो हुनेछ।’
उनले सरकारमा हुनेसँग सुशासनको प्रतिवद्धता चाहिने बताउँदै त्यसको छनक देख्दा आफूहरु खुसी भएको पनि उल्लेख गरे।
‘रास्वपाको उपस्थितिले सदनदेखि सरकारसँग र राजनीतिक दलहरुमा चलायमान अवस्था देखिएको छ’, उनले भने, ‘यो राम्रो संकेत पनि हो।’
निर्वाचनमा जानुअघि रास्वपाले उठाएको मुद्दामा सरकारले साथ दिए आगामी निर्वाचनसम्म पार्टीका लागि राम्रै हुने दाबी गरे।
लामिछानले सम्बोधनका क्रममा आगामी निर्वाचनसम्म धेरै काम गर्न बाँकी रहेकाले ०८४ को मिसनमा लाग्न कार्यकर्तालाई आग्रह गरे।
Shares

प्रतिक्रिया