ad ad

राजनीति


हत्तपत्त राजीनामा मागिहाल्ने संस्कार राम्रो होइन : प्रधानमन्त्री प्रचण्ड

हत्तपत्त राजीनामा मागिहाल्ने संस्कार राम्रो होइन : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
साउन १२, २०८० शुक्रबार ११:२५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हत्त न पत्त प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताएका छन्।

संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी भई शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

बुधबारको संसद् बैठकको आकस्मिक समयमा एमालेले हङकङबाट भित्रिएको क्विन्टल सुन काण्डमा गृहमन्त्रीको राजीनामा माग गरेको थियो। एमालेले  सुन तस्करीका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन पनि माग गर्दै संसद् अवरुद्ध गरेको थियो।

एमालेको गरेको संसद् अवरुद्धमाथि टिप्पणी गर्दै प्रधानमन्त्री प्रचण्डले भने, 'राजनीतिक उद्देश्यको निम्ति हत्त न पत्त प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने जो संस्कार बस्न खोजेको छ। त्यो राम्रो होइन।'

उनले स्पष्टीकरण दिनेसमेत मौका नदिई राजीनामा माग्नले राजनीतिलाई सही ठाउँमा नलाने बताए। 'स्पष्टीकरण दिने राम्रोसँग मौका पनि नदिईकन राजीनामा दिने भए देऊ नत्र सदन चल्न दिँदैनौँ भन्ने राजनीतिक संस्कारले हामीलाई राम्रो ठाउँतिर लाँदैन,' उनले भने।

उनले सुनकाण्डपछिको परिस्थितिबारे भने कुनै प्रतिक्रिया दिएनन्। मन्त्रीहरूसँग सल्लाह गरेर अन्य विषयबारे बताउने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .