ad ad

कारोबार


सिटिजन्स बैंकको वितरणयोग्य नाफा घट्यो, खराब कर्जा बढ्यो

सिटिजन्स बैंकको वितरणयोग्य नाफा घट्यो, खराब कर्जा बढ्यो

फाइल तस्बिर


नेपालखबर
साउन १२, २०८० शुक्रबार ११:३८, काठमाडौँ

सिटिजन्स बैंकको वितरणयोग्य नाफा १०.४१ प्रतिशतले घटेको छ। 

गत वर्षको चौथो त्रैमास अर्थात् असार मसान्तसम्ममा बैंकले १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ३२ करोड रुपैयाँ थियो। 

अघिल्लो वर्षको तुलनामा गत असारसम्म बैंकको वितरणयोग्य मुनाफा २९ करोड रुपैयाँ घटेको छ। 

बैंकको वितरणयोग्य मुनाफा घटेसँगै सेयरधनीको पाउने लाभांश घट्ने गर्छ। गत वर्ष ९ प्रतिशत लाभांश वितरण गरेको बैंकले यो लाभांश वितरण क्षमता अझै घटेको हो। बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ छ। 

बैंकको वितरण योग्य मुनाफालाई हेर्दा बैंकको लाभांश क्षमता ७.३० प्रतिशत देखिन्छ। तर, यो नै अन्तिम होइन। त्यसैगरी बैंकको खराब कर्जासमेत बढेको छ। 

२०८० असार मसान्तसम्ममा बैंकको नन पर्फमिङ लोन (निष्क्रिय कर्जा) ३.१९ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकको निष्क्रिय कर्जा २.२२ प्रतिशत थियो। 

बैंकको निष्क्रिय कर्जा बढ्दा कर्जा नोक्सानी (प्रोभिजन) बढेको छ। 

साथै बैंकले असार मसान्तसम्ममा २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशत बढेर ५ अर्ब ८५ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी खुद फि तथा कमिसन आम्दानी ०.८९ प्रतिशत बढेर ८७ करोड रुपैयाँ पुगेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १४ रुपैयाँ १२ पैसा रहेको बैंकको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ रुपैयाँ ४७ पैसा बढेर १५ रुपैयाँ ५९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१ प्रतिशत छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ८ पैसा छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.२२ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ। 

असार मसान्तसम्ममा बैंकको जगेडा कोषमा ७ अर्ब ११ करोड २० लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकले १ खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४० अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .