ad ad

राजनीति


सांसदहरुलाई मन्त्री साउदको सुझाव : सेना र कूटनीतिक सम्बन्धबारे बोल्दा संयमता अपनाउनू

सांसदहरुलाई मन्त्री साउदको सुझाव : सेना र कूटनीतिक सम्बन्धबारे बोल्दा संयमता अपनाउनू

फाइल तस्बिर


नेपालखबर
असार २८, २०८० बिहिबार १३:२४, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदले विभिन्न देशहरुसँगको कूटनीतिक सम्बन्ध, देशको प्रतिरक्षा, सुरक्षा र सेनाका विषयमा बोल्दा संवेदनशीलता र संयमता अपनाउन आग्रह गरेका छन्। 

राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० माथिको छलफलका क्रममा मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। 

‘माननीय सदस्यहरुले सम्मानीत सदनमा व्यक्त गर्नुभएका विचार सरकारका लागि मार्गनिर्देशन हुने कुरा स्पष्ट गर्न चाहन्छु,’ मन्त्री साउदले भने, ‘तर, विभिन्न देशहरुसँगको कूटनीतिक सम्बन्ध, देशको प्रतिरक्षा, सुरक्षा र सेना जस्तो विषयमा बोल्दा संवेदनशीलता र संयमता अपनाउन आग्रह गर्दछु।’

उनले नेपाली सेना युएन मिसन अन्तर्गत विश्वमा शान्ति स्थापना गर्न र देशको प्रतिरक्षा गर्न सक्षम र समर्पित रहेको पनि स्पष्ट गरे। 

‘नेपाली सेना युएन मिसनअन्तर्गत विश्वमा शान्ति स्पथना गर्न र देशको प्रतिरक्षा गर्न सक्षम एवम् समर्पित रहेको कुरा स्पष्ट गर्न चाहन्छु,’ साउदले भने।

नेपालले परिपक्वताका साथ असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको स्पष्ट पार्दै उनले सबै देशसँग नेपालको सम्बन्ध समधुर रहेको पनि बताए। 

‘असंलग्न परराष्ट्र नीतिको विषय परिपक्वताका साथ नेपालले अपनाउँदै आएको स्पष्ट पार्न चाहन्छु,’ परराष्ट्रमन्त्री साउदले भने, ‘हाम्रो सबै देशसँग समधुर सम्बन्ध रहेको स्पष्ट गर्दछु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .