इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनीले इरानीहरुको पिठ्युँमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘विषाक्त छुरा’ घोप्ने बताएका छन्।
तेहरानमा ८ वर्षपछि पहिलो पटक शुक्रबारे प्रवचन दिएका खामेनीले ट्रम्पलाई ‘विदूषक’ संज्ञा पनि दिए।
अमेरिकालाई मध्यपूर्वबाट विस्थापित गरेपछि मात्रै सुलेमानी हत्याको ‘वास्तविक सजाय’ उसले पाउने खामेनीको भनाइ थियो।
जर्नेल कासिम सुलेमानीको हत्यविरुद्ध भन्दै इरानले इराकस्थित अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र हमला गरेको थियो।
सो क्रममा युक्रेनियन एयरलाइन्सको विमानमा क्षेप्यास्त्र प्रहार हुँदा १७६ जनाको ज्यान गएको थियो। त्यसपछि इरानमा सरकारविरुद्ध प्रदर्शन भएको थियो। एजेन्सी

प्रतिक्रिया