ad ad

राजनीति


सम्झौताको ६ वर्षपछि बीआरआई कार्यान्वयन तयारीमा सरकार

परराष्ट्रमन्त्री भन्छन् : विद्युत् र रेल परियोजना अघि बढ्न सक्छन्
सम्झौताको ६ वर्षपछि बीआरआई कार्यान्वयन तयारीमा सरकार

फाइल तस्बिर


नेपालखबर
असार २८, २०८० बिहिबार १२:४२, काठमाडौँ

सरकारले सन् २०१७ मा चीनसँग भएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) कार्यान्वयबारे छलफल भइरहेको जनाएको छ। 

परराष्ट्रमन्त्री एनपी साउदले बिहीबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन्। 

'दुई देशबीच बीआरआई कार्यान्वयन योजनामा छलफल जारी रहेको छ', उनले बैठकलाई सम्बोधनका क्रममा भने।  

नेपाल र चीनबीच सन् २०१७ मा बीआरआईसम्बन्धी सम्झौता भएको थियो। यद्यपि बीआरआईका कुन-कुन परियोजनालाई कसरी अघि बढाउने भन्‍ने विषयमा भने कुनै निर्णय हुन सकेको छैन। 

यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका क्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले बीआरआई अन्तर्गतको परियोजना कार्यान्वयन भएको दाबी गरेका थिए। 

यद्पि परराष्ट्र मन्त्री साउदले यसअघि पनि बीआरआईको कुनै पनि परियोजना अघि बढ्न नसकेको जानकारी गराएका छन्।

चीनका तत्कालीन विदेशमन्त्री वाङ यीको मार्च २०२२ मा सम्पन्न नेपाल भ्रमणमा हस्ताक्षर भए अनुसार केरुङ-काठमाडौं रेलवेको सम्भाव्यता अध्ययन तथा दुई देशबीच अन्तरदेशीय विद्युत प्रसारण लाइनको सम्भाव्यता अध्ययन भइहेको पनि परराष्ट्रमन्त्री साउदले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .