राजनीति


सत्य निरुपण आयोग : पदाधिकारीमा सहमति जुटाउन शीर्ष बैठक जारी

सत्य निरुपण आयोग : पदाधिकारीमा सहमति जुटाउन शीर्ष बैठक जारी

नेपालखबर
माघ ३, २०७६ शुक्रबार ५:५९,

सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी चयनका विषयमा सहमति जुटाउन सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी चयन गर्न शुक्रबार बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको हो।

छलफलमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष प्रचण्डसहित नेकपाका नेता सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा छन् भने कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवासहित नेताहरू मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad