राजनीति


कतारका राजदूत भन्छन्- पोखरामा सीधा उडानका लागि ५/६ पटक पत्राचार गर्दा पनि जवाफ आएन

कतारका राजदूत भन्छन्- पोखरामा सीधा उडानका लागि ५/६ पटक पत्राचार गर्दा पनि जवाफ आएन

नेपालखबर
असार २२, २०८० शुक्रबार १७:१४, काठमाडौँ

नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले पोखरा विमानस्थलमा सीधा उठान गर्नका लागि आफूले ५/६ पटक पत्राचार गर्दापनि नेपाली पक्षबाट कुनै खबर नआएको गुनासो गरेका छन्। 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शुक्रबार बिदाइ भेट गर्दै उनले उक्त गुनासो गरेका हुन्।

राजदुत हेलले सिंहदरबारस्थित अध्यक्ष तिमिज्यूको कार्यकक्षमा गरेको बिदाई भेटमा नेपाल नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटन लगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास हुँदै गएको बारेमा चर्चा भएको थियो। 

अध्यक्ष तिमिल्सिनाले ठूलो संख्यामा नेपाली नागरिकहरूलाई रोजगारीको अवसर प्रदान गरेकोमा कतार सरकारको प्रशंसा गर्दै कतारको अर्थतन्त्रलाई पनि उकास्न नेपाली कामदारहरूले गरेको योगदानप्रति सन्तुष्टि व्यक्त गरे।

उनले भने, ‘कतारमा कार्यरत नेपाली श्रमिकले रेमिट्यान्स मार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान दिएको तथा यसले नेपाली जनताको जीवनस्तर उकास्न मद्दत गरेको र  नेपाल वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन प्रतिबद्ध रहेको छ।’ 

अध्यक्ष तिमिल्सिनाले कतार लगायतका मुलुकको थप उन्नत बन्दै गएको श्रम बजारमा रोजगारी र उच्च आय सुनिश्चित गर्न नेपालले अर्धदक्ष र दक्ष श्रमिकहरु पठाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको पनि बताए। 

उनले दुई देशबीचको सिधा हवाई सम्पर्कले मानिसहरूको आवतजावतलाई सहज बनाएको छ र पर्यटन प्रर्वद्धनमा मद्दत गरेको उल्लेख गर्दै  हाल नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्स गरी तीन एयरलाइन्सले नेपाल र कतारबीच सिधा हवाई उडान गरिरहेको जानकारी गराए।

यस्तै नेपाल आगामी दिनमा दुई देश र जनताको पारस्परिक हितका लागि मित्रवत सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा कतारसँग नजिकबाट काम गर्न तत्पर रहेको कुरा दोहोर्‍याउँछु भनेका छन्।

भेटमा राजदुतले नेपाली श्रमिकले कतारको बिकासका लागि पुर्‍याएको योगदानको प्रसंशा गर्दै बढीभन्दा बढी सुबिधा उपलब्ध गराउने बिषयमा पनि गम्भीर रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .