ad ad

राजनीति


प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउँदै कमल थापाले गरे प्रतिपक्षी दलको पनि विरोध

प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउँदै कमल थापाले गरे प्रतिपक्षी दलको पनि विरोध

नेपालखबर
असार २१, २०८० बिहिबार १२:३२, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिमा आपत्ति जनाएका छन्।

सोमबार किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली- द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल' पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितमले दिल्ली-काठमाडौं दौडधूप गरेको अभिव्यक्ति दिएपछि प्रचण्ड विवादमा तानिएका थिए।

उनको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दलले बुधबारदेखि संसद् अवरुद्ध गरेको छ।

सोही विषयमा टिप्पणी गर्दै थापाले प्रधानमन्त्रीको 'दिल्ली धाउने' अभिव्यक्ति आपत्तिजनक भएको तर योबेला संसद् अवरुद्ध गर्न नहुने भन्दै प्रतिपक्षी दलको पनि उनले विरोध गरेका छन्।

प्रतिपक्षी दलले संसद् अवरुद्ध गर्दा वर्षौदेखि मिटरब्याजी साहुकारहरूको शोषणबाट पीडितहरुलाई राहतदिन ल्याइएको अध्यादेशको अस्तित्व समाप्त भएको बताउँदै यसबारे तत्काल निकास खोज्नुपर्ने उनले बताएका छन्। अन्यथा प्रतिपक्षकै विरोध हुने उनको भनाइ छ

'प्रधानमन्त्रीको दिल्ली धाउने अभिव्यक्ति आपत्तिजनक छ। त्यसको विरोध गर्ने क्रममा संसद अवरुद्ध गर्दा वर्षौँदेखि मिटरब्याजी साहुकारहरुको शोषणबाट पीडितहरुलाई राहत दिन ल्याइएको अध्यादेशको अस्तित्व समाप्त भएको छ,' उनले भनेका छन्, 'यसबारे तत्काल निकास नखोज्ने हो भने प्रतिपक्षकै विरुद्धमा विरोध सुरुहुनेछ।'

एमालेले गरेको संसद् अवरोधका कारण मिटरब्याजसम्बन्धी अध्यादेश बुधबारदेखि निष्क्रिय भएको छ। गएको वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले ल्याएको अध्यादेश जारी गरेका थिए।

मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्न ल्याइएको उक्त विधेयक ६० दिनभित्र संसद्‌बाट पारित भइसक्नुपर्थ्यो। तर एमालेले अवरोध गरेपछि बुधबार संसद् बैठक बस्न सकेन र उक्त अध्यादेश निष्क्रिय भएको छ।

यद्यपि, प्रक्रियाबाटै उक्त विधेयक अघि बढाउने निर्णय बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .