राजनीति


रास्वपाले भन्यो : हामीले प्रधानमन्त्रीको राजीनामा मागेका छैनौँ

रास्वपाले भन्यो : हामीले प्रधानमन्त्रीको राजीनामा मागेका छैनौँ

नेपालखबर
असार २०, २०८० बुधबार १९:२६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताएका छन्।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले आफूहरुले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)सँग लागेर प्रधानमन्त्री दाहालको राजीनामा नमागेको बताए।

उनले प्रधानमन्त्री दाहालको अभिव्यक्ति संसद, लोकतन्त्र र निर्वाचन प्रक्रियालाई अवहेलना गर्नेगरी आएको भन्दै यसप्रति रास्वपाको प्रश्नहरु रहेको र सोही प्रश्नका लागि संसद बैठकमा उठेको स्पष्ट पारे। उनले आफूहरुलाई प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आफूहरुको आशंका रहेको भन्दै सोही विषयमा स्पष्ट हुन चाहेको उल्लेख गरे।

उनले भने, ‘हामीले प्रधानमन्त्रीको राजीनामा मागिरहेका छैनौँ। केही कुराहरुमा हाम्रो आशंका छ, आक्रोश छ, त्यो कुरालाई प्रधानमन्त्रीले आएर स्पष्ट पारिदिनुपर्छ। प्रधानमन्त्रीले सार्वभौम सदन र यसको राजनीतिक प्रक्रिया, लोकतान्त्रिक प्रक्रिया, निर्वाचन प्रक्रिया सबैलाई अवहेलना गर्ने अभिव्यक्ति दिनुभएको छ। त्यो अभिव्यक्ति भावनात्मक रुपमा यत्तिकै आएर, उहाँले विवेक गुमाएर बोल्नुभएको हो कि कुन तर्कले बोल्नुभएको हो? त्यो स्पष्ट पार्न चाहन्थ्यौँ। तर हामीले बोल्ने मौका पाएनौँ।’

उनले मिडियाले रास्वपालाई एमालेले गर्ने गतिविधिसँग जोडेर हेर्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले आफूहरुको फरक पहिचान र सिद्धान्त रहेको उल्लेख गर्दै फरक दलको परिचयसाथ आफूहरु संसदमा रहेको स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad