राजनीति


कोशीमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

कोशीमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

नेपालखबर
असार १८, २०८० सोमबार १८:१६, काठमाडौँ

सत्तारुढ गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सो निर्णय गरेको एकीकृत समाजवादीका कार्यावहाक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए। 

‘गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्रीका रुपमा अगाडी सार्नका लागि प्रदेशलाई सल्लाह दिने निर्णय भएको छ,’ बैठकपछि सञ्चारकर्मीसँग उनले भने। 

एमालेको सरकार ६ महिनामै ढलेपछि अहिले कांग्रेस र माओवादी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साथमा लिएर सरकार बनाउने योजनामा छन्। 

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ। एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की नेतृत्वको सरकार ४६ सांसदको मात्रै समर्थन जुट्दा ढलेको थियो। 

प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० सांसद छन्। यसअघि ऊसँग सरकारमा गएको राप्रपासँग ६ जना सांसद छन्। एमाले र राप्रपा मिल्दा ४६ नै हुन्छ।

यहाँ कांग्रेसका २९, माओवादी केन्द्रका १२ (सभामुखबाहेक), एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टी (जसपा) का १ जना सांसद छन्। जसका कारण प्रदेशसभा विघटनको दिशामा जाने अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad