ad ad

राजनीति


सवारी तथा यातायात व्यवस्था नवौं संशोधन नियमावली, २०८० स्वीकृत

सवारी तथा यातायात व्यवस्था नवौं संशोधन नियमावली, २०८० स्वीकृत

फाइल फोटो


नेपालखबर
असार १५, २०८० शुक्रबार १८:३१, काठमाडौँ

सरकारले मन्त्रिपरिषद्को विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था नवौं संशोधन नियमावली, २०८० स्वीकृत गरेको छ।

असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज (शुक्रवार) सार्वजनिक गर्दै सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन्।

त्यस्तै सरकारले संयुक्त राष्ट्रसंघको इकोनोमिक एण्ड सोसल काउन्सिलको आयोजनामा न्युयोर्कमा हुने हाइ लेभलको पोल्टिकल फोरम एण्ड सस्टेनेबल डेभलपमेण्ट विषय कार्यक्रममा सहभागि हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठ नेतृत्व गठन गरेको छ।

त्यस्तै २०८० असार २४ देखि २५ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने फोरम एण्ड ग्लोवल एक्शन से डेभलपमेन्ट सहभागि हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठलाई स्वीकृत दिने, रास्कोट नगरपालिका नडा नम्बर ६ कालिकोट,नरहरीनाथ गाउँपालिका वडा नम्बर २ कालिकोट,राप्ती सुन्दरी गाउँपालिका वडा नम्बर ४ बाँके,रम्बा गाउँपालिका वडा नम्बर ३ पाल्पा,सितगंगा नगरपालिका वडा नम्बर १३ अर्घखाँची, जगरनाथपुर पाउँपालिका वडा नम्बर ५ पर्सा र महागढीमाई नगरपालिका वडा नम्बर ५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ।

यसैगरी २०८० साल साउन ८ देखि १० गतेसम्म संयुक्त अबर इमिरेष्ट अहुदायीमा हुने अन्तर्राष्ट्रिय सौर्य संगठन आइएसए क्षेत्री समितिको पाँचौं बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रीलाई सहभागी हुन स्वीकृत दिने निर्णय गरेको छ।

त्यस्तै सरकारले रुपन्देही जिल्ला साविक खुदाबगार गा.वि.सको ०१६१० विगा सरकारी जग्गा सुधाबागर आर्दश कलेजलाई भाडामा दिन स्वीकृत दिने, सिराहा जिल्ला साविकको लभकुली गा.वि.सको १ विगा १० कट्ठा जग्गा कर्जना नगरपालिकालाई १५ शय्याको अस्पताल निर्माण गरी सञ्चालन गर्न स्वीकृत दिने,ललितपुर जिल्ला साविक र्झराराशी गा.वि.सको ९ हजार ५०० रोपनी सरकारी जग्गामध्ये ४ हजार १३३ रोपनी सार्वजनिक प्रकृतिको जग्गा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई अस्पताल भवन निर्माण गर्न स्वीकृत दिने निर्णय गरेको छ।

सरकारले सार्वजनिक सडक सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको अवधारणा पत्र अनुसार कानून तर्जुमा गर्न स्वीकृति दिने, अजरबैजानको बाकोमा मिति असार २० र २१ मा आयोजना हुने असंग्लन राष्ट्रहरुको मन्त्री स्तरिय बैंठक र २०८० असार १८ र १९मा आयोजना हुने उच्च अधिकारीको बैठकमा नेपालको नेतृत्व गर्न परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन्।

जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ क बमोजिम गुर्वाकोट नगरपालिका सुर्खेत, मंगला गाउँपालिका म्याग्दी, चैनपुर नगरपालिका संखुवासभा, गुजरा नगरपालिका रौतहट, मुसीकोट नगरपालिका गुल्मी र मालिका गाउँपालिका म्याग्दीको परियोजनाको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने, २०८० साल असार २० गतेदेखि २२ गतेसम्म गणतन्त्र कोरियाको बुसाममा आयोजना हुने २०२३ ग्लोवल मिटिङमा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय भएको पनि मन्त्री शर्माले बताइन्।

मन्त्री शर्माले सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय भएको पनि बताइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .