ad ad

राजनीति


आज पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको भेला हुँदै, उद्घाटन प्रधानमन्त्रीले गर्ने

आज पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको भेला हुँदै, उद्घाटन प्रधानमन्त्रीले गर्ने

फाइल तस्बिर


नेपालखबर
असार १५, २०८० शुक्रबार १०:८, गण्डकी

गण्डकी प्रदेश सरकारको अगुवाइमा आज (शुक्रबार) सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुँदै छ। 

भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले गर्ने गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिइन्। 

मुख्यमन्त्रीहरूबीच छलफल एवं अन्तक्र्रिया हुने उनले बताइन्। भेलामा अन्तरप्रदेशबीचको अनुभव आदानप्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुने बताइएको छ। 

मुख्यमन्त्रीको भेला दोस्रोपटक हुन लागेको हो। यसअघि २०७५ भदौ २१ र २२ गते गण्डकीकै तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा पहिलोपटक मुख्यमन्त्रीहरूको भेला भएको थियो। भेलाले आठबुँदे घोषणापत्र पनि जारी गरेको थियो। 

यसअघि मुख्यमन्त्रीको भेला गत जेठ १० गते गर्ने तय भए पनि प्रधानमन्त्री प्रचण्डको व्यस्तताका कारण स्थगन गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .