ad ad

राजनीति


नेकपा बनायौं, भित्तामा नाक र निधार ठोक्किएजस्तो भयो : ओली

नेकपा बनायौं, भित्तामा नाक र निधार ठोक्किएजस्तो भयो : ओली

नेपालखबर
असार १४, २०८० बिहिबार १६:५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएर भित्ता र निधारमा ठोक्किएको अनुभव भएपछि एमालेमा फर्किएको बताएका छन्। 

बिहीबार मदन भण्डारीको ७२ औं जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमालेकै आन्दोलनले देशमा परिवर्तनमा मुख्य भूमिका खेलेको बताए। 

‘एक समयमा भइहाल्छ कि तै भनेर विभिन्न तत्वहरुलाई लिएर आएर नेकपा भन्ने पनि बनायौं,’ ओलीले नेकपा स्थापनाको स्मरण गर्दै भने, ‘त्यसबाट नराम्ररी भित्तामा नाक ठोक्किएजस्तो, निधार ठोक्किएजस्तो भयो। फेरि हामी नेकपा एमालेमा फर्कियौं।’

उनले एमालेमा फर्कनेबित्तिकै चौतर्फी हमला पार्टीमा भएको बताए। ‘यही हो मौका भनेर हाम्रा विरुद्ध हमला भए,’ उनले भने।

अध्यक्ष ओलीले पार्टीभित्रको उक्त हमलालाई उपयुक्त प्रतिवाद आफूहरुले गरेको पनि बताए। ‘त्यसको हामीले उपयुक्त प्रतिवाद गर्यौं। हाम्रो आन्दोलनलाई फेरि पनि जोगायौं। जबजले लड्न सक्ने क्षमतालाई फलो गरेर हामी जोगिगयौं र हाम्रो आन्दोलन जोगियो,’ ओलीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .