ad ad

राजनीति


बजेटका पक्षमा कि विपक्षमा रास्वपा? उपसभापति अर्याल भन्छन्- संसद् बैठकअघि निर्णय गर्छौं

बजेटका पक्षमा कि विपक्षमा रास्वपा? उपसभापति अर्याल भन्छन्- संसद् बैठकअघि निर्णय गर्छौं

फाइल तस्बिर


नेपालखबर
असार १३, २०८० बुधबार ९:३७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बजेटका पक्षमा उभिने कि विपक्षमा भन्नेबारे प्रतिनिधिसभाको बैठकअघि निर्णय गर्ने भएको छ। 

आज बिहान ११ बजे बस्ने तय भएको प्रतिनिधि सभाको बैठकमा सरकारले बजेट पारित प्रक्रिया अघि बढाउने तयारी गरेको छ। 

सरकारले संसद्‌‌मा पेस गरेको आगामी आर्थिक वर्षको बजेटको आलोचना गरिरहेको रास्वपाले यो पारितका पक्षमा उभिने वा विपक्षमा भन्ने निर्णय आज गर्ने भएको हो। 

रास्वपा उपसभापति डोलप्रसाद अर्यालले बजेटबारे प्रतिनिधि सभाको बैठकअघि सांसदहरूसँग छलफल गरेर निर्णय गरिने नेपालखबरलाई बताए।

‘अहिलेसम्म कुनै निर्णय गरिसकेका छैनौँ’, अर्यालले भने, ‘(प्रतिनिधि सभा) बैठकअघि सांसदहरूसँग छलफल गरेर निर्णय गर्छौं।’

उनका अनुसार सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरिरहेका छन्। 

‘उहाँहरूबीच संवाद भररहेकै छ’, उनले थपे, ‘यही गर्ने भन्ने निर्णयमा पुगिसकेका छैनौँ।’ 

रास्वपाका २० सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .