सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटप्रति असन्तुष्ट सत्ता गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीले बजेट पारितका पक्षमा मत दिने वा विपक्षमा भन्ने विषयमा आज (बुधबार) निर्णय गर्ने भएको छ।
बजेटका कतिपय बुँदामा एकीकृत समाजवादीलगायत सत्ता गठबन्धनकै कतिपय दल असन्तुष्ट छन्। तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि असन्तुष्ट अन्य सत्तारुढ दलसँगै एकीकृत समाजवादी पनि सकारात्मक देखिएको छ।
तर यस विषयमा निर्णय गर्न अहिले बिहान साढे १० बजे संसदीय दलको बैठक बस्ने पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले नेपालखबरलाई जानकारी दिए।
‘पक्षमा मत दिने/नदिने बैठक बसेर निर्णय गर्छाैं’, उनले भने।
यो पनि : बजेट पारितबारे निर्णय गर्न जसपा र जनमतका संसदीय दलका बैठक बस्दै
Shares
प्रतिक्रिया