ad ad

राजनीति


बजेटमाथिको छलफल जनता भुल्याउने काम मात्रै : चित्रबहादुर

बजेटमाथिको छलफल जनता भुल्याउने काम मात्रै : चित्रबहादुर

नेपालखबर
असार १०, २०८० आइतबार १८:२१, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले बजेटमा भेदभाव गरिएको भन्दै पास हुन नसक्ने बताएका छन्।

आइतवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सिद्धान्ततः बजेट संशोधन गर्न नमिल्ने बताए। उनले बजेटमाथिको अहिलेको छलफल जनता भुल्याउने काम मात्रै भएको बताए।

उनले भने, ‘सिद्धान्ततः कुरा गर्ने हो भने बजेट संशोधन गर्न मिल्दैन। तर नेपालमा जे पनि गर्न मिल्छ। बजेटमाथिको छलफल नाटक मात्रै हो, औचित्य छैन। यो समय बिताउने मात्रै हो।’

केसीले अहिलेका राजनीतिक दलहरुले संसदीय पद्धतिका कुरा गर्नु जनतालाई उल्लु बनाउनुसरह भएको बताए। उनले जनतालाई झुक्याएर सत्तामा रहनुको नाटक मञ्चन राजनीतिक दलहरुले गरिरहेको बताए।

अध्यक्ष केसीले बजेटमा भेदभाव र अन्याय गरिएको बताए।

केसीले भने, ‘नेपालमा आफूलाई चाहिएको जे पनि संशोधन गर्छन्, जनतालाई देशलाई चाहिए नियम र सिद्धान्तको कुरा गर्छन्। खर्च कटौति गरी रुपैयाँ कायम गर्नेकुरा बेकारको कुरा हो। यिनीहरुले संसदीय पद्धतिका कुरा गर्ने जनतालाई उल्लु बनाउनुबाहेक केही होइन। मुख्य कुरा दाउपेच र कसलाई छक्याएर सत्ताको रस्वासदन गर्नुपर्छ भनेर नाटक गरिरहेका छन्। बजेटमा भेदभाव छ। अन्याय छ। बजेट पास हुन कठिन छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .