ad ad

कारोबार


कम कर्मचारीबाट ग्रान्ड ह्यान्डलिङ भैरहेको छ : वायुसेवा निगम

कम कर्मचारीबाट ग्रान्ड ह्यान्डलिङ भैरहेको छ : वायुसेवा निगम

नेपालखबर
असार १०, २०८० आइतबार १८:३८, काठमाडौँ

नेपाल वायु सेवा निगमले त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा कम कर्मचारीबाट भैरहेको बताएको छ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले वायुसेवाका कर्मचारी संख्या र ग्राउन्ड ह्यान्डलिङ सम्बन्धमा संसदमा समेत विषय उठान भएकोबारे ध्यानाकर्षण भएको बताएको छ।

निगमले कम कर्मचारी र ऐनमा भएको व्यवस्था अनुसार काम भैरहेको स्पष्ट पारेको छ।

नेपाल वायुसेवा निगम ऐन, २०१९ मा व्यवस्था भए अनुसार निगमले हवाइ उडान र ग्राउन्ड ह्यान्डलिङ कार्य गर्दै आइरहेको छ।

निगमले हाल १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा हप्ताको ४३ उडान र १६ आन्तरिक गन्तव्यमा हप्ताको २५ वटा उडान गर्दै आइरहेको जानकारी दिएको छ।

निगमको बेस स्टेसनबाहेक अन्तर्राष्ट्रिय र आन्तरिक स्टेसनहरुमा आवश्यकता अनुसार २ वा ३ जना मात्र कर्मचारी राखि कार्य सञ्चालन भइरहेको स्पष्ट पारेको छ।

निगममा स्थायी ८४०, करार र ज्यालादारीमा ५०१ गरी हाल जम्मा १ हजार ३४१ जना कर्मचारी कार्यरत रहेका छन्। कार्य प्रकृति अनुसार तीन सिफ्टमा काम गर्ने गरी कर्मचारीहरुको बाँडफाँड भएको निगमले बताएको छ।

कर्मचारीको संख्या आधारभूत रुपमा जहाज सञ्चालन गर्न नभइ नहुने संख्या मात्रै रहेको समेत निगमले बताएको छ।

उक्त जनशक्तिलाई तीन सिफ्टमा विभाजन गरी २४ घण्टा सेवा दिन सकिने गरि व्यवस्थापन गरिएको छ।

नेपाल वायुसेवा निगम ऐन, २०१९ मा व्यवस्था भए अनुसार निगमले हवाइ उडान र ग्राउण्ड ह्यान्डलिङ कार्य गर्दै आइरहेको छ।

निगमले हाल १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा हप्ताको ४३ उडान र १६ आन्तरिक गन्तव्यमा हप्ताको २५ वटा उडान गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .