ad ad

राजनीति


रास्वपा स्थापनाका दिन रविले सम्झिए टेलिभिजन

रास्वपा स्थापनाका दिन रविले सम्झिए टेलिभिजन

रास्वपा सभापति रवि लामिछाने


नेपालखबर
असार ७, २०८० बिहिबार १०:१९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो वर्षगाँठमा आफ्नो टेलिभिजन यात्रा सम्झिएका छन्। 

गत वर्ष आजकै दिन (असार ७ गते) उनले ग्यालेक्सी टेलिभिजन छाड्दै राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए। सोही अवसरमा रास्वपाले आज एकसाथ विविध कार्यक्रम आयोजना गर्दै छ। 

सो अवसरमा प्रतिनिधिसभासमेत रहेका पार्टी सभापति लामिछानेले आफूलाई यो अवस्थासम्म ल्याउन योगदान गर्ने टेलिभिजन कार्यक्रम तथा तिनका टिम सम्झिएका हुन्। यस क्रममा उनले आफूलाई लोकप्रिय बनाउने ‘सिधा कुरा जनतासँग’ कार्यक्रम प्रसारण गर्ने न्युज–२४ लाई पनि सम्झिएका छन्। 

‘रास्वपा एक वर्षको हुँदा हिजोको जग खडा गर्नु हुने  सिधाकुरा टिमका साथीहरूलाई सम्झन चाहन्छु, News 24 र Galaxy टेलिभिजनलाई सम्झन चाहन्छु। पार्टी स्थापनाका दिनदेखि जोडिएर आजसम्म जोडिँदै गर्नु हुने सपूर्णलाई सम्झन चाहन्छु’, लामिछानेले लेखेका छन्, ‘अघि बढी रहू, म साथमा छु भनेर घरबाटै हिम्मत दिने अर्धाङ्गिनी Nekita Poudel Lamichhane लाई सम्झन चाहन्छु।’

यस क्रममा उनले आलोचनाबाट आफू विचलित नभई अघि बढ्ने अठोट पनि व्यक्त गरेका छन्। 

‘इतिहास पढ्ने विषय मात्रै होइन, रच्ने विषय  पनि हो। ‘होइन’, ‘छैन’, ‘सकिँदैन’ मात्र होइन, ‘हो’, ‘छ’ र ‘सकिन्छ’ भन्दै अघि बढ्नुपर्छ’, उनले भनेका छन्, ‘आलोचना त कालिकोटमा अस्पताल बनाउँदा पनि हुन्थ्यो, कोभिडमा अक्सिजन खोज्दा पनि हुन्थ्यो। अलमलिने हजार बहाना हुँदा अघि बढ्ने लाख बाटो भेटिन्छन्। के छान्ने, आफनो हातमा हुन्छ।’

पार्टीको पहिलो स्थापना दिवसका अवसरमा ऐक्यबद्धताका लागि आज ७ गते, साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटक घण्टी बजाउन पार्टीका नेता÷कार्यकर्तालाई आग्रह पनि गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .