ad ad

राजनीति


पर्याप्त पूर्वाधार बनाउन नसक्दा राहदानी वितरणमा समस्या : वर्षमान पुन

पर्याप्त पूर्वाधार बनाउन नसक्दा राहदानी वितरणमा समस्या : वर्षमान पुन

नेपालखबर
असार ६, २०८० बुधबार १७:५१, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पर्याप्त पूर्वाधार बनाउन नसक्दा विद्युतीय राहदानी वितरणमा समस्या बढेको बताएका छन्।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले केही वर्ष अघिको सरकारले नेपाली राहदानी विद्युतीय प्रणालीमा जाने निर्णय गरेपनि पर्याप्त पूर्वाधार निर्माण गर्न नसक्दा अहिले समस्या झेल्नुपरेको बताए।

उनले सरकारले काम गर्न समस्या भए जनतालाई सो समस्या जस्ताको त्यस्तै राख्न सक्नुपर्ने बताए। नेता पुनले सरकारको नेतृत्व गर्ने मन्त्री वा नेताहरुले सकेसम्म समस्याहरुका विषयमा जनतासँग संवाद गर्न नचाहेको बताए।

उनले काम गर्न समस्या भएको विषयमा जनतासँग संवाद गर्न सक्नुपर्ने बताए। उनले सरकारका समस्या, सुविधाहरु र सरकारले जनतालाई दिने सेवाहरुको विषयमा जनतासमक्ष संवाद गर्नेकुरा लोकतन्त्रको सुन्दर पक्ष भएको बताए।

उनले सरकारले महँगोमा राहदानी खरिद गर्नुपर्ने बाध्यता सरकारले काम गर्ने तरिकाकै कारण भएको बताए। उनले राहदानी खरिदमा चलखेल हुनु राम्रो नभएको बताए। उनले जनतामा राजनीतिक व्यक्ति र प्रशासकले सेवाग्राहीलाई सधैं हेप्छन् भन्ने भाष्य रहेको बताए।

उनले भने, ‘सुरुमा ५० लाख विद्युतीय राहदानी रिप्लेस गर्ने कुरा ठिकै गरेको हो। राहदानी खरिद महँगोमा ल्याउनुपर्ने कारण काम गर्ने तरिकाको कारण भइरहेको छ। निरन्तर रुपमा भेरियसनको माध्यमबाट राहदानी खरिद गर्दा पक्कै चलखेल र कमिसन होला भन्ने लागेकोले शंकाको घेरामा रहेको हो। हामी जहिलै पनि राजनीतिक व्यक्ति र प्रशासक एक खालका हुन्। सेवाग्राही जनता जहिले पनि नेता तथा प्रशासकले हेप्छन् भन्ने भइराख्ने भएको छ। दुवै पक्ष समस्याको चुरो कुरामा नपुग्ने समस्या भइरहेको छ। सेवाग्राहीहरुले गुनासो गरिराख्ने शासनमा बस्नेहरु चुप लागेर बसेर महत्व वा आलोचना बढाउने प्रवृति रहेको छ। यो हाम्रो संस्कृत बदल्नुपर्छ। नबदल्दासम्म हामी गाली खाइराख्छौं।’

समिति बैठकमा नेकपा एमालेकी सांसद सुनिता बरालले राहदानी लिने भीड कम भयो भनेर सरकारले ढाकछाप गर्न खोजेको बताइन्। उनले राहदानी लिनको लागि विभागमा लाइन हट्यो भनेपनि अनलाइन फर्म भरेर चार महिना पर्खनुपर्ने बाध्यता सेवाग्राहीलाई रहेको बताइन्।

उनले सरकारले विभागमा लाइन नभएर पनि चार महिनासम्म घरमा नै बसेको कुरालाई ढाकछोप गर्न नहुने बताइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .