ad ad

कारोबार


सामसङको ‘इन्स्टा फाइनान्स’ शून्य प्रतिशत ब्याजदरमा

सामसङको ‘इन्स्टा फाइनान्स’ शून्य प्रतिशत ब्याजदरमा

नेपालखबर
असार ६, २०८० बुधबार १८:१५, काठमाडौँ

सामसङले आफ्ना उपभोक्ताहरूका लागि शून्य प्रतिशत ब्याजदर रहेको वित्तीय सुविधायुक्त नयाँ सुलभ कार्यक्रम इन्स्टा फाइनान्स प्रारम्भ गरेको छ। यो योजना २५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामसङ स्मार्ट फोन खरिद गर्ने ग्राहकहरूका लागि लागू गरिएको कम्पनीले जनाएको छ।

यो पहलको उद्देश्य भनेको नै नेपालभरका ग्राहकहरुले सजिलैसँग आफ्नो चाहना बमोजिमको स्मार्ट फोन किन्न सक्षम भई वित्तीय समावेशीकरणमा सहयोग पुर्याउनु रहेको छ।

स्मार्टफोन आजका दिनमा नभै नहुने अत्यावश्यक सामग्री भैसकेको छ। मानिसहरु आफ्नो फोनमा यति निर्भर रहने भैसकेकी स्मार्टफोन बिनाको जीवनको परिकल्पना पनि गर्न नसक्ने भैसकेका छन्। यसका अतिरिक्त, विश्व अब डिजिटलमय हुँदै गैरहेको छ, र मानिसहरु अझ धेरै प्राविधिक रुपमा एड्भान्स हुँदै गएका छन्, यस्तो अवस्थामा अझ राम्रो स्मार्टफोनहरुको माग दिनप्रति दिन बढिरहेको छ।

मानिसहरु स्तरीय स्मार्टफोन किन्न लालायित छन् तर उनीहरु आफ्नो खर्चको सीमाको कारण बाँधिएका छन्। यही तथ्यलाई दृष्टिगत गर्दै सामसङ नेपालले मानिसहरुको स्तरोन्नतिमा सहायता पुर्याउन हुलास फिन सर्भ (एचएफएल) सँगको सहकार्यमा इन्स्टा फाइनान्स सुविधालाई प्रस्तुत गरेको जनाएको छ।

कम्पनीका अनुसार सामसङ इन्स्टा फाइनान्स एक झन्झट रहित, तत्काल फाइनान्स सुविधा उपलब्ध हुने सहज उपाय हो, जसको मासिक किस्ताको ब्याजदर शून्य रहेको छ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘सामसङ आज आफ्नो ग्राहकहरु कै कारणले यहाँसम्म पुग्न सफल भएको हो भन्नेमा विश्वास गर्दछौं। हामी उनीहरुको आवश्यकता र जरुरतहरुलाई बुझ्दछौं, त्यसैले हामी हाम्रो उत्कृष्ट उत्पादनहरु र सेवाहरु उपलब्ध गराउने गर्दछौं, हामीले ल्याएको इन्स्टा फाइनान्स त्यस्तै एउटा मुख्य पहल हो। सासमङ इन्स्टा फाइनान्स ग्राहक केन्द्रित रहेको छ जसले ग्राहकहरुलाई सहजतापूर्वक सामसङको नवीनतम अत्याधुनिक प्रविधिमा अपग्रेड गराउन सक्छ।’

प्रारम्भमा, सामसङले नेपालका सम्पूर्ण प्रमुख बजारका २०० वटाभन्दा धेरै शोरुमहरुमा यो इन्स्टा फाइनान्स सुविधा उपलब्ध गराउनेछ। यो योजनालाई अर्को महिनासम्ममा आफ्नो नेटवर्कमार्फत् बढाउँदै लग्ने योजना सामसङको रहेको छ।

यो एक अत्यन्त महत्वपूर्ण पहल हो, जुन सामसङ जस्तो स्थापित ब्राण्डले आफ्नो उपकरणहरुलाई सुलभ तरिकाले सबैको पहुँचमा पुर्याउन सुरु गरेको छ। ग्राहकहरु जसले उत्कृष्ट स्मार्टफोनमा आफूलाई अपग्रेड गर्ने सोच बनाइराख्नु भएको छ, उनीहरुका लागि यो एक अत्यन्त सुवर्ण अवसर हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .