राजनीति


झलनाथ खनालले भने– समाजवादी मोर्चा सत्ता टिकाउन मात्र प्रयोग नहोस्

झलनाथ खनालले भने– समाजवादी मोर्चा सत्ता टिकाउन मात्र प्रयोग नहोस्

नेपालखबर
असार ४, २०८० सोमबार १७:३०, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउन मात्र प्रयोग नगर्न आग्रह गरेका छन्। 

सोमबार काठमाडौंमा आयोजित घोषणासभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 

समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै उनले भने, ‘यसलाई अझै विस्तार गर्नुपर्ने अवस्था छ। यो सत्तालाई टिकाउने मोर्चामात्र नबनोस्। यो आमुल परिवर्तनको मोर्चा बनोस्।’

साथै, उनले देशको राष्ट्रियतालाई रक्षा गर्न देशका क्रान्तिकारीहरु एकजुट हुनुपर्ने बताए। 

यो मोर्चा पहिलो पाइला मात्रै रहेको उनले बताए। ‘यो मोर्चाको निर्माण पहिलो पाइला मात्रै हौ। देशको समष्ट वामपन्थी र क्रान्तिकारीहरुलाई एकतावद्ध नगरेसम्म सही विकल्प निर्माण हुन सक्दैन,’ उनले भने। 

‘विदेशी सेनाहरु हाम्रो भूमिमा बसिरहेका छन्। हामीले देशका क्रान्तिकारीहरु, आमुल परिवर्तनकारीहरु एकतावद्ध भएर उभिँदैनौं तबसम्म आमुल परिवर्तन हुन सक्दैन,’ खनालले अघि भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .