ad ad

राजनीति


बाढी पहिरो प्रभावितको व्यवस्थापनमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

बाढी पहिरो प्रभावितको व्यवस्थापनमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

नेपालखबर
असार ३, २०८० आइतबार २१:२७, काठमाडौँ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वीनेपालका विभिन्न जिल्लामा बाढीपहिराका कारण मानिसको मृत्यु तथा बेपत्ता भएको र ठूलो भौतिक क्षतिसमेत भएकाले बेपत्ताहरुको खोजी गरी घाइतेको उपचार, राहत र प्रभावितको उचित व्यवस्थापनमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्।

पाँचथर सङ्खुवासभालगायतका जिल्लामा भारी वर्षापछि आएको बाढी तथा पहिराका कारण ठूलो धनजनको क्षति भएपछि आजै आपत्कालीन बैठक बसेर उनले उक्त निर्देशन दिएका हुन्। 

उनको निर्देशनपछि नै आजै मेची राजमार्गको हेवाखोलामा पुल बगाएकाले त्यस ठाउँमा मोडुलर ट्रष्ट ब्रिज निर्माण गरी यातायात सहज पार्न निर्देशन दिएका छन्। 

प्राप्त विवरणमा सो क्षेत्रमा अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता छन्। केही पुल बगाएको र झण्डै दर्जन पुलमा क्षति पु¥याएको छ।

केही घरसमेत बगाएको छ । 

गृहमन्त्रीको निर्देशन पश्चात आजै इटहरीबाट पुलका सामान त्यसतर्फ पठाइ सकिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

पूर्वतयारी स्वरुप त्यहाँ पुलका सामान भण्डारण गरिएकाले पूर्वका लागि इटहरीबाट व्यवस्थापन गर्न सजिलो भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए।

दुई वर्षअघि जस्तै मनसुनको सुरुआती समयमै मेलम्चीलगायत विभिन्न जिल्लामा एकैपटक हानेको र त्यही ट्रेन अहिले पनि देखिएको उहाँले बताए। 

पूर्वमा आज र भोलि फेरि पानी पर्ने देखिएकाले अझै सतर्क हुनेपर्ने अवस्था रहेको उनले बताए। 

उनका अनुसार भोलि सोमबार लमजुङमा पनि पानी पर्ने देखिएको अलर्ट पठाइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .